२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

पत्रकार दर्नाल नगदसहित कतारमा सम्मानित

shivam cement
तिलु शर्मा पौडेल
२०८२ पुष २६ गते २०:११
Shares
पत्रकार दर्नाल नगदसहित कतारमा सम्मानित

दोहा, कतार : वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा रहेका रामेछापका पत्रकार प्रकाश दर्नाल 'शीतल' सम्मानित भएका छन् ।  शुक्रबार गोरखाली रेस्टुरेन्टमा सम्पन्न भोजपुर एकता समाज कतारको प्रथम अधिवेशनमार्फत दर्नाल नगद १० हजार रुपैयाँसहित सम्मानित भएका हुन् ।

तदर्थ समिति गठन भए पश्चात् विभिन्न माध्यमबाट समाजको पहिलो अधिवेशन सम्पन्न गर्न अतुलनीय योगदान पुर्‍याएको भनी नगद सहित दोसल्ला ओढाएर सम्मान पत्रले दर्नाललाई सम्मानित गरिएको हो । 

सम्मान ग्रहणपछि मध्यान्हसँगको कुराकानीमा दर्नालले  सम्मानले थप जिम्मेवारी बढेको र मिहेनत गर्न ऊर्जा मिलेको प्रतिक्रिया दिए । उनले समाजप्रति आभार व्यक्त गर्दै पत्रकारितामार्फत पनि समाजसँग जोडी रहने बताए ।

नेपालमा स्थानीय रेडियोमार्फत पत्रकारिताको शुभारम्भ गरेको बताउने दर्नालले कतारमा सन् २०१९ देखि पत्रकारिता सुरु गरेका थिए । अनलाइन पोर्टल सञ्चार डबलीबाट पत्रकारिता सुरु गरेका उनी सन २०२२ देखि निरन्तर रूपमा नेपाली जनता खबर अनलाइनमा आबद्ध छन् ।

अधिवेशनको बन्दशत्रबाट तदर्थ समितिका संयोजकसमेत रहेका बद्री तामाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

सम्बन्धित खबर