२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

समानुपातिक बन्द सूचीको नाम अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारीमा रास्वपा 

shivam cement
२०८२ पुष २७ गते १२:३४
Shares
समानुपातिक बन्द सूचीको नाम अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारीमा रास्वपा 

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीको नाम अद्यावधिक गर्न निर्वाचन आयोग जाने भएको छ । आज आयोगमा नाम सच्याउनको जान लागेको नेता गणेश पराजुलीले बताए ।

रास्वपाले समानुपातिक तर्फको नाम निर्वाचन आयोगमा बुझाएपछि चर्को आलोचना भएको थियो । रास्वपाको बन्द सूचीमा परेका डा. रामजी राम, डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारीलगायतले नाम फिर्ता लिएको घोषणा गरेका थिए ।

रास्वपाले कुलनमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट परेको नाम पनि अद्यावधिक गराउने तयारी गरेको छ । हिजो उज्यालो नेपालले रास्वपाको सहमति भंग गरेको निर्णय गरेको थियो ।

सम्बन्धित खबर