२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

नेतृत्व परिवर्तनको माग गर्दै कांग्रेसको विशेष महाधिवेशनका लागि र्‍याली सुरु

shivam cement
२०८२ पुष २७ गते १३:१६
Shares
नेतृत्व परिवर्तनको माग गर्दै कांग्रेसको विशेष महाधिवेशनका लागि र्‍याली सुरु

काठमाडौँ : नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकाल्न सुरु भएको छ ।

शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्‍याली निकालिएको हो । र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।

कुपण्डोलबाट निस्किएको र्‍यालीमा कांग्रेस नेता पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ लगायत सहभागी छन् ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा हुने उद्घाटन कार्यक्रम अघि कांग्रेसले काठमाडौँको विभिन्न स्थानबाट र्‍याली निकाल्न सुरु गरेका छन् । ठाउँ ठाउँबाट निस्किएको र्‍याली भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् ।

सम्बन्धित खबर