२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

कटहरिया नगरपालिकाका करार कर्मचारीलाई एक हप्ताभित्रै तलब दिइने

shivam cement
कृष्ण तिवारी
२०८२ पुष २७ गते २१:५४
Shares
कटहरिया नगरपालिकाका करार कर्मचारीलाई एक हप्ताभित्रै तलब दिइने

रौतहट : रौतहटको कटहरिया नगरपालिकामा विगत केही महिनादेखि आन्दोलनरत करारका कर्मचारीलाई एक हप्ताभित्र तलब भत्ता उपलब्ध गराइने भएको छ ।

आइतबार बसेको कार्यपालिका बैठकबाट करारका  कर्मचारीहरुलाई बाँकी बक्यौता रहेको तलब भत्ता एक हप्ताभित्र उपलब्ध गराउन निर्णय भएको कटहरिया नगरपालिकाको मेयर अजयप्रकाश जयसवालले जानकारी दिए । 

कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले केही महिनादेखि आन्दोलित थिए । तलबभत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्ट कर्मचारीहरूले कात्तिकदेखि नै नगरपालिका मातहतका वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालय तथा नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।

कर्मचारीहरूले विगतमा गरेको आन्दोलनका क्रममा दिपावली र छठ पर्व अगावै बाँकी तलबभत्ता भुक्तानी गर्ने नगरपालिकाको लिखित आश्वासन कार्यान्वयन नहुँदा पुनःआन्दोलनमा उत्रिनुपरेको कर्मचारीहरुले बताएका छन् । 

उनीहरूका अनुसार लामो समयदेखि सेवा दिँदै आएपनि पारिश्रमिक नपाउँदा दैनिक जीवननै प्रभावित भएको  छ ।  आइतबार बसेको कार्यपालिका बैठकबाट कटहरिया नगरपालिका २ हथियाहीको चट्याङ पीडितलाई १लाख ५० हजार रुपैयाँ र ज्योति  डिस्टिलरीको बोआइलर बिष्फोट्मा  मृत्यु भएको पीडित परिवारलाई १ लाख५० हजार राहत सहयोग उपलब्ध गराउने मेयर जयसवालले बताए ।

सम्बन्धित खबर