२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

करैयामाइको १८औं हिउँदे अधिवेशन, संशोधनसहित नीति तथा कार्यक्रम प्रस्तुत

shivam cement
कृष्ण तिवारी
२०८२ पुष २८ गते २१:१८
Shares
करैयामाइको १८औं हिउँदे अधिवेशन, संशोधनसहित नीति तथा कार्यक्रम प्रस्तुत

बारा : बाराको करैयामाइ गाउँपालिकाले १८ औं हिउँदे नगर अधिवेशन सम्पन्न भएको छ । आर्थिक वर्ष ०८२–८३ का लागि संशोधनसहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी विकासका योजना सार्वजनिक गरेको हो । 

नगरसभामा नगर अध्यक्ष  शम्भु प्रसाद यादव,  उपाध्यक्ष  सुनैना देवी चौधरी, वडाध्यक्षहरू कार्यपालिका सदस्य, र शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । सभामा शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी र युवा स्वरोजगारलाई प्राथमिकता दिइएको नगर अध्यक्ष यादवले जानकारी दिए ।

उनले करैयामाइलाई समृद्ध पालिकाको रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्धता अनुरूप योजनाहरू तर्जुमा गरिएको बताए । 

अध्यक्ष यादवले पालिकावासीसँगको सहकार्य र सहभागिताको माध्यमबाट विकासका कार्यलाई तीव्रता दिने बताएका छन् । सभाले जलवायु परिवर्तन र वातावरण संरक्षणलाई ध्यानमा राखी हरियाली प्रवर्धनका कार्यक्रमहरू लागू गर्ने निर्णय गरेको छ ।

गाउँसभामा विगतका योजनाहरूको प्रगति विवरण प्रस्तुत गर्दै कार्यान्वयनमा भएका चुनौतीहरूको समाधान गर्न नयाँ रणनीतिहरू अघि सारिएको बताउँदै  पालिकाले आगामी वर्षमा विकास र सेवामा अझ प्रभावकारी हुने योजना तयार पारिएको जनाए ।

सभाले करैयामाइको प्रमुख समस्याहरू समाधान गर्न ठोस योजना लागू गर्न निर्णय गर्दै गाउँ पालिकावासीलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरूमा करैयामाइ गाउँपालिकाले प्राथमिकता दिने हिउँदे नगर अधिवेशनमा पारित गरिएको छ ।

सम्बन्धित खबर