२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

‘पत्रकारिता पेशा जिम्मेवार र मर्यादित हुन आवश्यक’

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ पुष २८ गते २१:२३
Shares
‘पत्रकारिता पेशा जिम्मेवार र मर्यादित हुन आवश्यक’

अर्घाखाँची : सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, पत्रकारितामा समान पहुँच तथा व्यावसायिक स्वतन्त्रताको सुनिश्चिततामा राज्य र स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश समितिको सातौँ स्थापना दिवसको अवसरमा सोमबार सन्धिखर्कमा आयोजित अन्तरसंवाद तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले लोकतन्त्र सुदृढ बनाउन समावेशी पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै दलित समुदायबाट आएका पत्रकारहरूले समाजका आवाजलाई निष्पक्ष र निर्भीक रूपमा उजागर गर्नुपर्ने धारणा व्यक्त गरे । 

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पत्रकारिता पेशा जिम्मेवार र मर्यादित हुनुपर्नेमा जोड दिए । उनले संविधानले दिएको प्रेस स्वतन्त्रताको प्रयोग जिम्मेवारीपूर्वक गर्न आग्रह गर्दै दलित पत्रकारहरूले भोग्दै आएका संरचनागत चुनौती समाधानका लागि सरोकारवाला सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालकी केन्द्रीय सदस्य राधा नेपाली, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ठाकुर कुमार वि.क, संयुक्त दलित अधिकारकर्मी विष्णु परियार, पत्रकार गणेश खनाल, शोभाखर पन्थी, प्रेमनारायण आचार्यलगायतले मन्तव्य राख्दै दलित पत्रकारहरूको हक–अधिकार, पेशागत सुरक्षा, सीप विकास तथा नेतृत्व तहमा पहुँच विस्तारका विषयमा सुझाव प्रस्तुत गरेका थिए । वक्ताहरूले तथ्यमा आधारित, समावेशी र उत्तरदायी पत्रकारिताले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने निष्कर्ष निकालेका थिए ।

राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेश सचिव अनिल नेपालीको अध्यक्षता तथा बिक्रम नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशील रहेका सञ्चारकर्मीहरूलाई सम्मानसमेत गरिएको थियो । 

सम्बन्धित खबर