२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

रौतहटमा ठुलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ पुष २८ गते २१:२९
Shares
रौतहटमा ठुलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ

रौतहट : रौतहटको परोहा नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । 

परोहा नगरपालिका वडा नं. ७ स्थित बसिर चोकमा चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बि आर ०५ बिएल ८८४६ नम्बरको भारतीय अपाचे मोटरसाइकललाई प्रहरीले रोकेको थियो ।

शंका लागि खानतलासी गर्दा मोटरसाइकलमा सवार व्यक्तिहरूले लुकाइछिपाई ल्याएको प्रतिबन्धित लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

पक्राउ पर्नेहरूमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन् । पक्राउ परेका नेपाली नागरिक शिखर बहादुर पुलामी मगर बारा जिल्ला, निजगढ नगरपालिका वडा नं. ७ बस्ने ३० वर्षीय भक्त बहादुर पुलामी मगरका छोरा रहेका छन् भने भारतीय नागरिक नैतिक कुमार (गोलु) भारत बिहार राज्य, पूर्वी चम्पारण जिल्ला घोडासहन वडा नं. ६ बस्ने २९ वर्षीय रंजन कुमार यादवका छोरा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अभियुक्तहरूको साथबाट ट्रमोल–५० क्यापसुल जम्मा १ हजार २ सय ६० पिस (१ सय २६ पत्ता), भारतीय नम्बर प्लेट बि आर ०५ बिएल ८८४६ को अपाचे मोटरसाइकल १ थान, नेपाली नगद ३६ हजार रुपैयाँ (एक हजारका १३ थान र पाँच सयका ४६ थान नोट) तथा विभिन्न कम्पनीका ३ थान मोबाइल सेट बरामद गरेको छ ।

प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका दुवै जनालाई लागू औषध सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरी हिरासतमा राखिएको छ । प्रहरी चौकी मोतिपुर नरकटिया र सशस्त्र प्रहरी बल बीओपी सरमुजवाको संयुक्त टोलीले घटनाबारे थप गहन अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर