काठमाडौं / मस : राष्ट्रसेवाका विभिन्न पाटाहरु धर्म, राजनीति, पत्रकारिता, कलाकारिता, साहित्य लेखन, सामाजिक सेवा लगायत विविध संघ–संस्थामा समेत सक्रिय रही सामाजिक रुपान्तरणका खातिर जीवनका अधिकांश समय व्यतित गरेका एक युवा प्रतिभा हुन् सुरेन्द्र प्रसाद बडू ।
सुदुरपश्चिम प्रदेशको दार्चुलामा जम्मेर काठमाडौंलाई कार्यक्षेत्र बनाउँदै आएका बडूले रोग, भोक र शोकबाट आक्रान्त जनजीवनका साझा सवालहरुलाई आफ्नो लेखन कार्यबाट बुलन्द गर्दै आएका छन् । साहित्यका प्रायःजसो सबै विधामा कलम चलाएका बडूका झण्डै दुई दर्जन निवन्ध, गजल, उपन्यास, गीतहरु, कथा, कविता र जीवनीका साथसाथै राजनैतिक पुस्तकहरु समेत लिखित, सम्पादित तथा प्रकाशित छन् ।
रेडक्रस, रेयुकाई, स्काउट, राष्ट्रिय उद्घोषकको केन्द्रीय उपाध्यक्ष, प्रगतिशील युवा समूहको अध्यक्ष, विविध पत्रपत्रिकाको सम्पादकीय भूमिकामा रही कार्यअनुभव बटुलेका बडूले समसमायिक राजनीतिक, साँस्कृतिक, आर्थिक क्षेत्रका थुप्रै लेख रचना विभिन्न पत्रपत्रिकामा लेखन गरिसकेका छन् ।
आफ्नो राष्ट्रप्रति अगाध सेवाभाव राख्ने बडूले पटक–पटक भएका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय सहभागिता जनाउदै अखण्ड सुदुरपश्चिमको पक्षमा भएका कार्यक्रमहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । प्रथम कविता संग्रह प्रकाशन भएको विं.स. २०५८ सालमा क्रान्तिकारी कृति लेखन गरेको भनी व्यापक खोजी भएको र प्रशासनबाट समेत लुकीलुकी हिड्नु परेको बिषय अहिले पनि चर्चाको बिषय बनेको छ ।
‘किन दुख्दैन कालापानी–२०५ किरालाई’ लेख प्रकाशन भएपछि तत्कालिन समयमा मानसिक यातनाको सिकार बनेका बडूका सीमा सम्बन्धी, भ्रष्टाचार, राजनीतिक गतिरोध, लागू औषध र बढ्दो विदेश पलायन सम्बन्धी प्रकाशित विचारहरुको बिषयमा विभिन्न वृत्तमा चर्चा–परिचर्चा हुने गरेको पाइन्हछ । राजनीतिक नेतृत्वका अक्षमताका कारण सीमा विवादमा रहेका बेला सारा नेपालीहरुले शारीरिक तथा मानसिक यातना पाइरहेको वर्तमान अवस्थामा हेपाहा तथा विस्तारवादी प्रवृतिकाविरुद्ध सम्पूर्ण युवाशक्ति एक भएर लाग्नुपर्ने र संस्कारित राजनीतिको पक्षमा उभिनुपर्ने कुरामा सार्वजनिक आग्रह समेत बडूले गरेका छन् ।
सुरेन्द्र बडूद्वारा लिखित तथा सम्पादित पुस्तक तथा कृतिहरु
१. सृजनाको भूमिमा सुरेन्द्र प्रसाद बडूका कविताहरु
२. देशभक्ति (रचना संग्रह)
३.छालहरु (कविता संग्रह)
४. टुक्रिएको मुटु (कविता संग्रह)
५. बाटो (निवन्ध संग्रह)
६. म मरेको दिन (कविता संग्रह)
७. म हूँ यात्री (कविता संग्रह)
८. सानु क्रान्ति (कविता संग्रह)
९. भौतारिएको जीवन (कविता संग्रह)
१०. बराह क्षेत्र परिचय ( धार्मिक पुस्तक )
११. धर्ती बोल्छ (सम्पादित )
१२. बधाई छ तिमी र जीन्दगीलाई (गजल संग्रह)
१३. बुहारी उपन्यास (सम्पादन)
१४.सगुन शाह (जीवनी)
१५. एक ज्युँदो इतिहास प्रचण्ड (जीवनी)
१६. नेपाली कांग्रेसको समाजवाद् (सम्पादन)
१७. सनातन धर्म संरक्षण समिति नेपालको प्रतिबद्धता पत्र (सम्पादन)
१८. कथ्य कि तथ्य (सम्पादन)
१९. अमर–प्रेम (उपन्यास)
२०. एक लाख रुपैयाँको चोरी (सम्पादन)
२१. नागरिक टाईम्स (प्रकाशन)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies