२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

आजको मौसम : पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस

shivam cement
२०८२ पुष २९ गते १०:२७
Shares
आजको मौसम : पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस

काठमाडौँ : आज तराईका केही ठाउँमा हुस्सु लागेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । दिउँसो पनि तराई केही क्षेत्रमा हुस्सु तथा कुहिरो कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेस, बागमती र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ । आज बिहान पौने ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोको भन्दा घटेको छ ।

आज बिहान काठमाडौँमा न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको हो । हिजो बिहान पौने ६ काठमाडौँमा न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको थियो ।

सम्बन्धित खबर