२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

देउवासँग गगन-विश्वका ८ सर्त

shivam cement
२०८२ पुष ३० गते १३:५४
Shares
देउवासँग गगन-विश्वका ८ सर्त

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदे प्रस्ताव गरेको छ ।

विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सो ८ बुँदे प्रस्ताव पठाएको हो । 

यस्ता छन् प्रस्ताव :

- सभापति शेरबहादुर देउवा कार्यकारी भूमिकामा नबस्ने

- विशेष महाधिवेशनको स्वामित्व लिने 

- गगनलाई प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जाने 

- चुनावी गठबन्धन नगर्ने

- टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड 

- ५ सदस्यीय उच्चस्तरीय चुनावी संयन्त्र 

- उम्मेदवारको  टिकटमा देउवाले हस्ताक्षर नगर्ने 

- विशेष महाधिवेशनका प्रतिवेदन पार्टीको पुँजीको रुपमा ग्रहण 

सम्बन्धित खबर