२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

shivam cement
२०८२ पुष ३० गते १४:५७
Shares
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र पार्टीभित्रको आन्तरिक विवाद मुख्य एजेण्डा रहेको छ । 

पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको प्रभाव र सम्भावित पार्टी विभाजनको जोखिमलाई मध्यनजर गर्दै यो बैठक बोलाइएको हो । 

विशेष महाधिवेशन पक्षधरहरूले केन्द्रीय समितिलाई भंग गर्ने प्रश्तावसमेत अघि सारेका छन् भने संस्थापन पक्षले नियमित महाधिवेशनको तयारीमा जोड दिँदै आएको छ । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूको उपस्थिति रहेको छ। वार्ताबाट पार्टी एकता कायम गर्ने प्रयास जारी रहे पनि बैठकले महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर