
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सभापति गगन थापाको सभापतित्वमा बसेको छ ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको कुपन्डोलस्थित एक पार्टी प्यालेसमा बसिरहेको महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।










