२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

१० लाखमध्ये ९ लाख ८० हजार सदस्य आफूहरूसँग रहेको गगन थापाको दाबी

shivam cement
२०८२ माघ १ गते १२:३३
Shares
१० लाखमध्ये ९ लाख ८० हजार सदस्य आफूहरूसँग रहेको गगन थापाको दाबी

काठमाडौँ : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले कांग्रेसका १० लाख क्रियाशील सदस्यमध्ये ९ लाख ८० हजार सदस्य आफूहरूले जहाँ पनि उभ्याउन सक्ने दाबी गरेका छन् ।

सभापति निर्वाचित भएपछि प्रतिक्रिया दिँदै थापाले जसरी महाधिवेशन प्रतिनिधिले शेरबहादुर देउवालाई सभापति निर्वाचित गरेका थिए तीनै प्रतिनिधिले आफूलाई सभापति चुनेको बताए ।

थापाले कांगेस विभाजित नभएको दाबी गर्दै निर्वाचन आयोगमा यसअघि नै विशेष महाधिवेशन भइरहेको र केही दिनमै नयाँ कार्य समिति आउनेछ भनेर लिखित जानकारी गराइसकिएको समेत जानकारी दिए ।

थापाले आयोग कुनै शक्तिको प्रभावमा नपरी विधि विधानअनुसार निर्णय गर्ने भन्दै कांगेसको आधिकारिकताको कुनै विवाद नहुने बताए ।

सम्बन्धित खबर