२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

गगनको नेतृत्वमा निर्वाचन घोषणा पत्र समिति गठन, विश्वको नेतृत्वमा चुनाव परिचालन समिति

shivam cement
२०८२ माघ १ गते १४:०५
Shares
गगनको नेतृत्वमा निर्वाचन घोषणा पत्र समिति गठन, विश्वको नेतृत्वमा चुनाव परिचालन समिति

काठमाडौं : विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको घोषणा पत्र निर्माणका लागि थापाको नेतृत्वमा घोषणा पत्र निर्माण समिति बनाएको छ । 

बिहीबार ललितपुरस्थित एक होटलमा बसेको केन्द्रिय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुलाई बैठकका निर्णय सुनाउनु हुँदै थापा नेतृत्वको कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको घोषणा पत्र निर्माणका लागि पार्टी सभापतिको अध्यक्षतामा पार्टीको घोषणा पत्र निर्माण समिति निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।

उनकाअनुसार बैठकले निर्वाचनलाई केन्द्रित गरेर देशभरका पार्टी पंक्तिलाई सक्रियतापूर्वक परिचालन गर्न, निर्वाचन परिचालन समिति निर्माण गर्ने निर्णय गरिएको छ ।

निर्वाचन परिचालन समितिको नेतृत्व उपसभापति विश्वप्रकाश शर्मालाई दिइएको छ । पार्टीको दोस्रो विशेष महाधिवेशनपछि विगतको अभिलेखलाई आवधिक गर्ने कामका लागि पनि तयारी भइरहेको उनले बताए । साथै समानुपातिक सूचि संशोधन र अपडेट गर्ने निर्णय भएको पनि उनले बताए । 

बैठकले विशेष महाधिवेशनमा आएका कार्यकर्तालाई धन्यवादसमेत व्यक्त गरेको छ । 

सम्बन्धित खबर