२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

विशेष महाधिवेशनपछि कांग्रेसको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन

shivam cement
२०८२ माघ १ गते १५:२३
Shares
विशेष महाधिवेशनपछि कांग्रेसको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन

काठमाडौं : विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको अद्यावधिक विवरण दर्ता गराउन निर्वाचन आयोगमा औपचारिक निवेदन दिएको छ ।

सभापति थापासहित नवनिर्वाचित पदाधिकारीहरू कानुनविद्हरूसँगै बिहीबार निर्वाचन आयोग पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई आवश्यक कागजात बुझाएका हुन् ।

सभापति थापाले निर्वाचनको समयसीमा नजिकिएकाले पार्टीको विवरण यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेका छन् । उनले कांग्रेस विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको जानकारी आयोगलाई गराएका छन् । विधानको धारा १७ को उपधारा २ बमोजिम महाधिवेशन आयोजना गरिएको र सोही व्यवस्थाअन्तर्गत निर्वाचित नेतृत्वका आधारमा पार्टीको विवरण संशोधन आवश्यक रहेको उनको भनाइ थियो ।

बिहीबार बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकपछि सभापति थापासहितको टोली आयोग पुगेको हो । आयोग जाने टोलीमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत पदाधिकारीहरू रहेका थिए ।

विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वको विवरणसहितका दस्तावेज आयोगमा बुझाएसँगै नेपाली कांग्रेसको आधिकारिक विवरण अद्यावधिक प्रक्रियाले गति लिने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ ।

सम्बन्धित खबर