२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

शनिबारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने काम टुंग्याउँछ : गगन थापा

shivam cement
२०८२ माघ १ गते १५:५३
Shares
शनिबारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने काम टुंग्याउँछ : गगन थापा

काठमाडौं : विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिको विवरण शनिबारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेसको विधानको धारा १७(२) बमोजिम गरिएको विशेष महाधिवेशनले नेतृत्व चयन गरेकोले सो को जानकारी औपचारिक रुपमा आयोगलाई गराइएको उनले जानकारी दिए ।

विशेष महाधिवेशन पार्टी विधानको धारा १५ अनुसार पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय सर्वोपरि हुने उनले बताए । महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन भइसकेकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार सो विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिएको उनको भनाइ छ ।

उनले विशेष महाधिवेशनले निर्वाचित गरेको नयाँ केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गरिदिन आवश्यक सम्पूर्ण कागजात र विवरणसहित निवेदन दिएकोले छिट्टै अद्यावधिक हुने विश्वास व्यक्त गरे । माघ ६ गते हुने प्रतिनिधि सभा निर्वाचनको मनोनयन प्रक्रियालाई ध्यानमा राख्दै निर्वाचन आयोगले अत्यन्त छिटो अद्यावधिकको काम टुंग्याउनुपर्ने उनले आवश्यकता औंल्याए ।

उनले यो कुनै दलभित्रको विवादसम्बन्धी विषय नभई विधिपूर्वक सम्पन्न महाधिवेशनको विवरण अद्यावधिक गर्ने सामान्य प्रशासनिक प्रक्रिया मात्र भएको दाबी गरे । आयोगले यसलाई छिट्टो टुंगोमा पुर्‍याएर पार्टीभित्र र बाहिर देखिएका अन्योल र दुविधा अन्त्य गर्नुपर्ने बताए । 

उनले पार्टीको विशेष महाविधेशन आधिकारिक रहेकोले आफूहरु नै आधिकारीक नेपाली कांग्रेस भएको बताए ।

सम्बन्धित खबर