२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

अझ संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक : प्रधानमन्त्री कार्की

shivam cement
२०८२ माघ १ गते १७:०८
Shares
अझ संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण र प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित थारु राष्ट्रिय माघी महोत्सवको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म र तराई मधेशका विभिन्न जिल्लामा बसोबास रहेको थारु समुदाय देशविदेशमा समेत फैलिँदै गएको बताइन् । जो जहाँ पुगेपनि आफ्नो मौलिक संस्कृति, भाषा, पहिचान र परम्परालाई सबैले अनुशरण गर्नुपर्ने उनको भनाइ छ ।

उनले माघ १ गते नेपालका विभिन्न समुदायहरुले फरक-फरक नाम, शैली र परम्पराअनुसार चाडपर्व मनाउने गरेको बताइन् । चाडपर्व मनाउने शैली फरकफरक भएपनि त्यसको मर्म एउटै रहेको उनको भनाइ छ ।

उनले आपसी सम्मान, एकता, सद्भाव र सह–अस्तित्व नै सबै चाडपर्वको मर्म भएको उल्लेख गरिन् । उनले आपसी सद्भाव, विश्वास, सहकार्यका माध्यामबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनु आजको राष्ट्रिय आवश्यकता भएको बताइन् । 

उनले वर्तमान परिस्थितिमा अझ संयमित र एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याइन् ।

सम्बन्धित खबर