२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सबै पक्षबीच समन्वय आवश्यक’

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ माघ १ गते २०:५६
Shares
‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सबै पक्षबीच समन्वय आवश्यक’

रौतहट : रौतहटको यमुनामाई गाउँपालिका–४ स्थित सरुअठामा रहेको श्री जनता माध्यमिक विद्यालयले आफ्नो ७७औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंजित रामले दीप प्रज्वलन गरी गरेका थिए । 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने १ सय ५० जना विद्यार्थीलाई मेडल, प्रमाणपत्र, स्टेशनरी सामग्री, भेष्ट तथा कप प्रदान गरी सम्मान गरिएको थियो । 

वार्षिकोत्सवको अवसरमा यसअघि आयोजित खेलकुद, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले नेपाली लोकसंस्कृति झल्काउने विभिन्न नृत्य, गीत तथा नाटक प्रस्तुत गरी उपस्थित अतिथि र अभिभावकहरूलाई मनोरञ्जन गराएका थिए ।

विद्यालयका प्रधानाध्यापक उपेन्द्र यादवले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षका योजना र लक्ष्यबारे जानकारी गराए । उनले विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए । 

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ४ का वडाध्यक्ष अश्विनी यादवले मन्तव्य राख्दै ७७ वर्ष लामो इतिहास बोकेको यस विद्यालयले क्षेत्रको शैक्षिक विकासमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताए । 

उनले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि स्थानीय सरकार, विद्यालय व्यवस्थापन र अभिभावकबीच समन्वय अपरिहार्य रहेको उल्लेख गरे । 

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंजित रामले विद्यालयको चौतर्फी विकासका लागि सहयोग गर्ने सम्पूर्ण चन्दादाता, शिक्षक, कर्मचारी र अभिभावकहरूलाई धन्यवाद ज्ञापन गरे । 

कार्यक्रममा अवकाशप्राप्त शिक्षकहरू तथा विद्यालय र समाजप्रति उल्लेखनीय योगदान पु¥याउने समाजसेवीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

सम्बन्धित खबर