२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

ज्यान मार्ने धम्की आएको बिमा पीडित पाण्डेको आरोप

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ माघ ४ गते २२:०७
Shares
ज्यान मार्ने धम्की आएको बिमा पीडित पाण्डेको आरोप

रौतहट : मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग न्यायको गुहार मागेका बीमा ठगी पीडित सत्येन्द्र पाण्डेले राज्यद्वारा संरक्षित अपराधीहरूले आफूलाई निरन्तर ज्यान मार्ने धम्की दिइरहेको आरोप लगाएका छन् । 

आइतबार पत्रकारहरूसँग कुरा गर्दै पाण्डेले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको बीमा ठगीसँग सम्बन्धित भिडियोको सन्दर्भमा आफ्नो संघर्ष र असुरक्षाबारे जानकारी दिएका हुन् । उनले मुख्यमन्त्रीसँग न्याय मागेको भोलिपल्टै एलआईसीका उच्च पदाधिकारी र उनीहरूद्वारा परिचालित समूहबाट फोन र लिखित रूपमा धम्की आएको दाबी गरे । 

पाण्डेका अनुसार यो प्रकरण दुई वर्षदेखि चलिरहेको बीमा ठगी मुद्दासँग जोडिएको छ । उनले एलआईसीका डीसीओ अरविन्द दत्ता लगायतका पदाधिकारीहरूले सर्वसाधारणले जम्मा गरेको प्रिमियमको पैसा प्रयोग गरेर महँगा वकिल राख्ने र मुद्दालाई प्रभावित पार्ने खेल खेलिरहेको आरोप लगाए ।

पाण्डेले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट र जनकपुर प्रहरी कार्यालयको कार्यशैलीप्रति असन्तोष व्यक्त गर्दै उजुरी दर्ता भए पनि कारबाही नभएको र उल्टै आफूलाई ज्यान मार्ने धम्कीको झूटो मुद्दा बनाइने प्रयास भएको बताए ।

उनले न्यायका लागि जिल्ला प्रहरीदेखि राष्ट्रपति कार्यालयसम्म पत्र पुर्‍याएको र उजुरीमा सरकारी वकिल कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, गृह मन्त्रालय, मधेश सरकार, सीआईबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रसम्म समावेश रहेको जानकारी दिए ।

पाण्डेले भने, ‘न्याय नपाएमा म ती अपराधीहरूविरुद्ध जस्तोसुकै कदम चाल्न बाध्य हुनेछु । यदि राज्यले मेरो सुरक्षा सुनिश्चित गरेन भने त्यसको जिम्मेवार यो भ्रष्ट प्रणाली हुनेछ ।’
 

सम्बन्धित खबर