२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

स्पेनमा तीब्र गतिको रेल दुर्घटनाः मृतकको संख्या २१

shivam cement
२०८२ माघ ५ गते १०:४६
Shares
स्पेनमा तीब्र गतिको रेल दुर्घटनाः मृतकको संख्या २१

काठमाडौंः स्पेनको कोर्डोबा नजिक दुईवटा तीब्र गतिका रेलहरू एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा २५ जना गम्भीर घाइते भएका छन् । 

स्पेनको दक्षिणी शहर कोर्डोबा नजिकै आइतवार दुईवटा तीब्र गतिका रेलहरू लिकबाट बाहिर निस्केर ठोक्किएका थिए । जब मालागा–म्याड्रिड मार्गमा ३१७ यात्रु बोकेर हिँडिरहेको रेल अज्ञात कारणले लिकबाट बाहिर गयो ।  उक्त रेलले छेउकै ट्रयाकमा गुडिरहेको म्याड्रिड–हुएल्भा रेललाई ठक्कर दिएको थियो । 

यातायात मन्त्री ओस्कार पुएन्टेले मालागा–म्याड्रिड रेलका अन्तिम दुई डिब्बाहरू लिकबाट उछिट्टिएर अर्को रेलको पहिलो दुई डिब्बामा ठक्कर खाएको जानकारी दिए । प्रधानमन्त्री पेड्रो सान्चेज र स्पेनी राजपरिवारले मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । प्रभावित मार्गमा रेल सेवा कम्तीमा मंगलवारसम्मका लागि स्थगित गरिएको छ । यसअघि सन् २०१३ मा सान्टियागो डे कम्पोस्टेलामा भएको रेल दुर्घटनामा ७९ जनाको ज्यान गएको थियो ।  

सम्बन्धित खबर