२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

दुर्गा प्रसाईं पक्राउ

shivam cement
२०८२ माघ ५ गते १६:४६
Shares
दुर्गा प्रसाईं पक्राउ

काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।

निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएपछि आयोगले प्रसाईंविरुद्ध अनुसन्धान गर्न भन्दै साइबर ब्युरोलाई पत्र पठाएको थियो ।

उनले कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएर आधिकारिकता पाएको अभिव्यक्ति दिएका थिए ।

प्रसाईंले पैसा लगानी गरेर सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्न अपराधको गम्भीर योजना बनाएको अडियोसमेत सार्वजनिक भएको थियो ।

प्रसाईंविरुद्ध निर्वाचन आयोगको उजुरीका आधारमा अनुसन्धान अघि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर