२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसंघको चेतावनी

shivam cement
२०८२ माघ ६ गते १५:१६
Shares
सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसंघको चेतावनी

काठमाडौंः सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिएका छन् । उनले मानव अधिकारको ‘विश्वास निर्माण गर्न र युद्धको अन्त्य गर्न, दिगो शान्ति निर्माणको सुरु गर्न’ केन्द्रीत हुनुपर्नेमा जोड दिएका हुन् ।

सुडानको पाँच दिने भ्रमण पछि केन्याको राजधानीमा पत्रकारहरूसँगको साक्षातकारमा तुर्काले महत्वपूर्ण नागरिक पूर्वाधारमा आक्रमण भइ गम्भीर क्षति भएको बताउँदै उस्तो चेतावनी दिए ।

राष्ट्रव्यापी रुपमा बिजुलीको ७० प्रतिशत आपूर्ति गर्ने हाइड्रोइलेक्ट्रिक पावर स्टेशन र एउटा प्रमुख मेरोवे बाँधमा द्रुत समर्थन बल (आरएसएफ) द्वारा प्रक्षेपण गरिएको ड्रोनले प्रहार गरेर क्षेतिग्रस्त बनाएको जनाएको छ ।

निरन्तरका आक्रमणहरूले अस्पतालहरूमा आवश्यक बिजुली प्रवाहमा बाधा पुर्‍याएको छ भने बालीका लागि सिँचाइमा बाधा पुर्‍याएको छ । नागरिकहरुलाई  सफा पानीको पहुँचमा वञ्चित गरी रोग फैलाउन सजिलो बनाएको जनाइएको छ । यस्ता महत्वपूर्ण नागरिक पूर्वाधारमा भएका आक्रमणहरू गम्भीर उल्लङ्घन भएको भन्दै उनले जसलाई युद्ध अपराध मान्न सकिने बताए ।

सन् २०२३ अप्रिल– १५ मा सुडानी सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच लडाइँ सुरु भए पछिको द्वन्द्वले हजारौँ नागरिकहरूको ज्यान लिएको छ भने लाखौँलाई हिंसाका कारण आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ । एजेन्सी  
 

सम्बन्धित खबर