२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

महासचिव पोखरेलले सार्वजनिक गरे चुनावी एजेण्डा, के छन् प्रतिबद्धता ?

shivam cement
सपना बोहरा
२०८२ माघ १५ गते ११:०८
Shares
महासचिव पोखरेलले सार्वजनिक गरे चुनावी एजेण्डा, के छन् प्रतिबद्धता ?

काठमाडौं : दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आगामी निर्वाचनका लागि आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । नेकपा एमालेका महासचिवसमेत रहेका पोखरेलले दाङको समग्र विकासलाई केन्द्रमा राख्ने बताएका हुन् । 

राजनीतिमा इमान्दारिता र स्वच्छ छविको व्यक्तिका रुपमा आफुलाई उभ्याउन सफल रहेको बताउँदै उनले भनेका छन्, ‘जतिवेला दाङको प्रतिनिधित्व गर्ने अवसर पाएँ दाङवासीको गौरव बढाउने काम गरें । पराजय व्यहोर्दा पनि जिल्लावासीकै सेवामा निरन्तर समर्पित रहें ।’राष्ट्रको नेतृत्वकारी भूमिकामा दाङलाई पुर्‍याउने समय आएको उनले बताए । 

दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने वाचा पूरा गरेको स्मरण गराउँदै पोखरेलले आफू संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गर्दै दाङको पूर्वाधार विकासको आधार तयार गर्न भूमिका खेलेको दाबी गरेका छन् ।

अब राष्ट्रको नेतृत्वकारी भूमिकामा दाङलाई पुर्‍याउने समय आएको बताउँदै उनले दाङमा सुरु भएका महत्वपूर्ण योजनाहरू पूरा गर्ने र नयाँ योजनाहरू अघि बढाउने प्रतिबद्धता गर्दै उनले भने, ‘नयाँ योजनाहरू अघि बढाउनुछ, अब ज्ञापनपत्र बोकेर हिँड्ने होइन ।’

यस्ता छन् चुनावी एजेण्डा
लमही–घोराही–तुल्सीपुर फोरलेन सडक निर्माण सम्पन्न गर्ने ।
५० बिघा क्षेत्रफलको घोराही औद्योगिक क्षेत्र निर्माण गर्ने ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४०० बेडको नयाँ अस्पताल भवन निर्माण गर्ने ।
मेडिकल कलेजका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण गर्ने ।
त्रिवि अन्तर्गत प्रादेशिक इन्जिनियरिङ कलेज सञ्चालन गर्ने ।
 गुहारखोला हाइड्याम र नहर प्रणाली विकास गर्ने ।
७२ सिटे जहाज उडानरअवतरण गर्ने गरी तुल्सीपुर विमानस्थलको विस्तार गर्ने ।
प्रमुख बस्तीका ग्रामीण सडक कालोपत्रे गर्ने ।
 शहरी क्षेत्रमा व्यवस्थित फुटपाथ निर्माण गर्ने ।
सामुदायिक विद्यालयको गुणस्तर सुधार र विद्यार्थी संख्या वृद्धि गर्ने ।
स्वास्थ्य बीमाको दायरा विस्तार र सेवाको सुनिश्चितता गर्ने ।
कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी किसानको जीवनस्तर उठाउने ।
उद्यमी वन्न चाहने युवाका लागि विनाधितो सहुलियतपूर्ण ऋणको व्यवस्था गर्ने ।
नयाँ लगानीकर्तालाई निश्चित अवधिसम्म आयकर छुटको व्यवस्था गर्ने ।
 सम्भाव्य खोला–स्रोतमा कृत्रिम जलाशय निर्माण गरी सिचाइ सुविधा विस्तार गर्ने।
घोराहीदेखि वंगलाचुलीको खानी क्षेत्रजाने सडकलाई ढलान सड़क बनाउने।
प्रदेश राजधानिको गुरु योजना कार्यान्वयन गर्ने।
केन्द्रीय घोषणापत्रका प्रतिवद्धता पुरा गर्न नेतृत्वकारी भूमिका खेल्ने ।

ताजा खबर

सम्बन्धित खबर