२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

मध्य नाइजेरियामा अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्तीमा १०० जनाको मृत्यु

shivam cement
२०८२ माघ २२ गते ११:०८
Shares
मध्य नाइजेरियामा अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्तीमा १०० जनाको मृत्यु

नाइजेरिया : नाइजेरियाको मध्य क्वारा राज्यका दुई गाउँमा मंगलबार राति अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्तीमा १०० जनाको मृत्यु भएको स्थानीय स्रोतले बुधबार जानकारी दिएको छ ।

अज्ञात बन्दुकधारीले रातिको समयमा ‘काइमा’ को स्थानीय सरकारको शासन क्षेत्रको वोरो र नुकु समुदायमा आक्रमण गरेका थिए र बुधबार बिहान फर्किएका थिए । उनीहरूले त्यहाँका बासिन्दामाथि अन्धाधुन्ध गोली चलाएर आक्रमण गरेका थिए भने केही घरहरूमा पनि आगजनी गरेका थिए ।

नाइजेरियाली रेडक्रस सोसाइटीका एक अधिकारीले भने, “अघिल्लो दिन मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको थियो तर बुधबार दिउँसोसम्म बन्दुकधारीले दोस्रो आक्रमण गरेपछि यो सङ्ख्या बढेर १०० भन्दा बढी पुगेको छ ।

बाँचेका व्यक्ति र स्थानीय सुरक्षा दलले राज्य सुरक्षा बल आउनुअघि बुधबार खोजी र उद्धार कार्य सुरु गरेका थिए । क्वारा राज्य सरकारले बुधबार हत्याको निन्दा गरेको छ र यसलाई ‘जारी सुरक्षा अभियानहरूमा आतंकवादी समूहहरूको हताश प्रतिक्रिया’ को रूपमा वर्णन गरेको छ ।

क्वारा राज्यका गभर्नर अब्दुलरहमान अब्दुलरजाकले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै सुरक्षा निकायलाई त्यस क्षेत्रमा कारबाही बढाउन निर्देशन दिइएको बताएका छन् ।

सम्बन्धित खबर