२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

करदाता सेवा कार्यालय स्थानान्तरण रोक्न गौरमा सडक अवरुद्ध, बजार तनावग्रस्त

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन १ गते १५:५६
Shares
करदाता सेवा कार्यालय स्थानान्तरण रोक्न गौरमा सडक अवरुद्ध, बजार तनावग्रस्त

रौतहट : रौतहटको गौरस्थित करदाता सेवा कार्यालयलाई सिमरा स्थानान्तरण गर्ने सरकारको निर्णयको विरोधमा रौतहटमा व्यापारी, स्थानीयवासी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सडकमा उत्रिएका छन् । कार्यालयका फाइल र फर्निचर ट्रकमा लोड गरी सिमरा लैजान लागिएको सूचनापछि रौतहट उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलनकारीहरूले ट्रक नियन्त्रणमा लिँदै सामानहरू पुनः कार्यालयमै अनलोड गराएका छन् ।

अन्तरिम सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार गौरस्थित करदाता सेवा कार्यालय खारेज गरी सिमरास्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्ने तयारी भइरहेको थियो । सोही प्रक्रियाअन्तर्गत शुक्रबार कर्मचारीहरूले कार्यालयका सामग्री सार्न खोज्दा स्थानीयले बाटोमै अवरोध गरेका हुन् ।

No description available.

आन्दोलनका कारण गौरका मुख्य सडकहरूमा सवारी आवागमन ठप्प भएको छ भने बजार क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले ट्रक घेराउ गर्दै धर्ना दिएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आन्दोलनकारीहरूको मुख्य असन्तुष्टि गौर र सिमराबीचको लामो दूरीलाई लिएर छ । गौरबाट सिमरा करिब २०० किलोमिटर टाढा पर्ने भएकाले सामान्य कर तिर्न वा कागजी प्रक्रिया पूरा गर्नसमेत ठुलो खर्च र समय लाग्ने उनीहरूको भनाइ छ । साना तथा मझौला व्यवसायीहरूका लागि अनलाइन प्रणाली अझै पूर्ण रूपमा सहज नभएको अवस्थामा भौतिक कार्यालय नै हटाउँदा व्यापारिक गतिविधिमा प्रत्यक्ष असर पर्ने उनीहरूले बताएका छन् ।

व्यापारी तथा स्थानीय नेताहरूले चुनावको पूर्वसन्ध्यामा सरकारले सुविधा विस्तार गर्नुपर्नेमा उल्टै भएको सेवा हटाएर जनतालाई दुःख दिने निर्णय गरेको आरोप लगाएका छन् । उनीहरूले निर्णय फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

स्थानीय प्रशासनले भने माथिल्लो निकायको आदेशअनुसार प्रक्रिया अघि बढाइएको जनाएको छ । तर आन्दोलनकारीहरूले कुनै पनि हालतमा कार्यालयका सामान सिमरा लैजान नदिने अडान दोहोर्‍याएका छन् ।

No description available.

No description available.

ताजा खबर

सम्बन्धित खबर