२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

रौतहट प्रहरीद्वारा माघ महिनाको प्रगति विवरण सार्वजनिक, अपराध नियन्त्रण र सामाजिक सचेतनामा सक्रियता

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन २ गते १६:२८
Shares
रौतहट प्रहरीद्वारा माघ महिनाको प्रगति विवरण सार्वजनिक, अपराध नियन्त्रण र सामाजिक सचेतनामा सक्रियता

​रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ को माघ महिनामा सम्पादित मुख्य कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । सत्य सेवा सुरक्षणमको आदर्श वाक्यलाई आत्मसात गर्दै प्रहरीले अपराध अनुसन्धान, शान्ति सुरक्षा, र सामुदायिक सचेतनाका क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको जनाए ।

माघ महिनामा जिल्लाभर जम्मा ७७ वटा विभिन्न अपराधका मुद्दाहरू दर्ता भएका छन् । जसमध्ये ज्यान सम्बन्धी ७ आत्महत्या ८ चोरी २ र सामाजिक अपराधका २३ वटा मुद्दा रहेका छन् । यस्तै बैंकिङ कसूरका १७ वटा मुद्दा दर्ता हुनुले आर्थिक अपराधको चुनौती बढ्दो क्रममा रहेको देखाउँछ । प्रहरीले यसै अवधिमा विभिन्न मुद्दामा संलग्न ४१ जना फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

माघ महिनामा १ जनालाई पक्राउ गरीको साथबाट ​डाईजेपाम: ५०० पिस, ​फेनारगन: ५०० पिस, ​नुरफिन: ५०० पिस बरामद गरिएको हो । ​सीमावर्ती जिल्ला भएकाले प्रहरीले अवैध भन्सार छली नियन्त्रणमा विशेष ध्यान दिएको हो । महिनाभरमा रु. ६२,८९,९३०/- बराबरको अवैध सामान र ५ वटा सवारी साधन बरामद गरिएको छ । यस्तै राजस्व छलीतर्फ रु. ६४,६५०/- बराबरको सामान बरामद भएको छ। प्राकृतिक स्रोत दोहनतर्फ २ वटा सवारी साधन नियन्त्रणमा लिई ६ हजार रुपैयाँ जरिवाना समेत गरिएको छ ।

माघ महिनामा रौतहटमा कुल ९२ वटा सवारी दुर्घटना भएका छन्, जसमा परेर ५ जनाले ज्यान गुमाएका छन् भने १२९ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ७४५ वटा सवारी साधनलाई कारबाही गरी रु. ७,८२,५००/- राजस्व संकलन गरिएको छ । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही (७० वटा घटना) रहेको प्रहरीको विश्लेषण छ ।

प्रहरीले अपराध न्यूनीकरणका लागि समुदाय-प्रहरी साझेदारी अन्तर्गत व्यापक कार्यक्रमहरू सञ्चालन गरेको हो । लागूऔषध, आत्महत्या र महिला हिंसा विरुद्ध ५६ वटा कार्यक्रम गरी १२३ जना प्रहरी परिचालन मार्फत ४५८ जना लाभान्वित भएका छन् ।

​विभिन्न विद्यालयमा आत्महत्या, साइबर अपराध र लैङ्गिक हिंसा विरुद्ध १५ वटा सचेतनामुलक कार्यक्रम सञ्चालन गरी ६५७ जना विद्यार्थीहरूलाई प्रशिक्षित गरिएको छ ।

​​सरस्वती पूजाको मूर्ति विसर्जनका क्रममा परोहा न.पा. ९ रामपुरखापमा भएको झडप नियन्त्रण गर्न २८३ जना प्रहरी परिचालन गरिएको र स्थिति नियन्त्रणमा लिन ६८ राउन्ड ग्यास सेल प्रयोग गरिएको जानकारी विज्ञप्तिमा उल्लेख छ। साथै ११ वटा राजनीतिक कार्यक्रमहरूको सफल सुरक्षा व्यवस्थापन गरिएको छ ।

रौतहट प्रहरीले सेवाग्राहीको गुनासो सुनुवाइका लागि क्युआर कोड सञ्चालनमा ल्याएको छ। साथै हराएका २ वटा मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । कर्मचारीको मनोबल उच्च राख्न "प्रहरी अफ द मन्थ" घोषणा गर्ने परम्परालाई निरन्तरता दिइएको छ ।

​हामीले प्रो-एक्टिभ पोलिसिङ र सिमानामा २४ सै घण्टा गस्ती परिचालन गरी जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाएका छौँ,"सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालले बताए ।

ताजा खबर

सम्बन्धित खबर