२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

रौतहटमा माघ महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार प्रतिवादी पक्राउ

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन २ गते २२:१७
Shares
रौतहटमा माघ महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार प्रतिवादी पक्राउ

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ को माघ महिनामा गरेको कार्यसम्पादनको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम र सामुदायिक सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरेको जनाएको छ ।

माघ महिनामा जिल्लाभर ७७ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् । जसमध्ये ज्यान सम्बन्धी ७, आत्महत्या ८, चोरी २, सामाजिक अपराध २३ र बैंकिङ कसूरका १७ मुद्दा रहेका छन् । विभिन्न मुद्दामा संलग्न ४१ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रणतर्फ १ जनालाई पक्राउ गरी उनको साथबाट डाईजेपाम ५ सय पिस, फेनारगन ५ सय पिस र नुरफिन ५ सय पिस बरामद गरिएको छ । सीमावर्ती जिल्ला भएकाले अवैध गतिविधि नियन्त्रणमा विशेष निगरानी बढाइएको जनाइएको छ ।

अवैध भन्सार छली नियन्त्रण क्रममा ६२ लाख ८९ हजार ९ सय ३० बराबरको सामान र ५ वटा सवारी साधन बरामद गरिएको छ । राजस्व छलीतर्फ ६४ हजार ६ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरिएको छ भने प्राकृतिक स्रोत दोहनमा संलग्न २ सवारी साधन नियन्त्रणमा लिई ६ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

माघ महिनामा ९२ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १ सय २९ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ४५ सवारी साधनलाई कारबाही गरी  ७ लाख ८२ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । अधिकांश दुर्घटनाको कारण चालकको लापरबाही रहेको प्रहरीको विश्लेषण छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध, आत्महत्या र महिला हिंसाविरुद्ध ५६ कार्यक्रम सञ्चालन गरिएको छ । विभिन्न विद्यालयमा आत्महत्या, साइबर अपराध र लैंगिक हिंसाविरुद्ध १५ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ६५७ विद्यार्थीलाई प्रशिक्षण दिइएको छ ।

सरस्वती पूजाको मूर्ति विसर्जनका क्रममा परोहा नगरपालिका–९ रामपुरखापमा भएको झडप नियन्त्रण गर्न २ सय ८३ जना प्रहरी परिचालन गरिएको र स्थिति नियन्त्रणमा लिन ६८ राउन्ड ग्यास सेल प्रयोग गरिएको जनाइएको छ । साथै ११ वटा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरिएको छ ।

प्रहरीले सेवाग्राहीको गुनासो सुनुवाइका लागि क्युआर कोड प्रणाली सञ्चालनमा ल्याएको छ । हराएका २ वटा मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालले प्रो–एक्टिभ पोलिसिङ र २४ सैं घण्टा गस्तीमार्फत जिल्लाको शान्ति सुरक्षा मजबुत बनाइएको बताएका छन् । 

ताजा खबर

सम्बन्धित खबर