२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

​महाशिवरात्रिमा जल चढाउन जाँदै गरेका दम्पतीको सडक दुर्घटनामा मृत्यु

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन ३ गते ०८:०४
Shares
​महाशिवरात्रिमा जल चढाउन जाँदै गरेका दम्पतीको सडक दुर्घटनामा मृत्यु

रौतहट : रौतहटको गौर–पिपरा सडकखण्डअन्तर्गत यमुनामाई गाउँपालिकामा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । महाशिवरात्रिको अवसरमा भगवान शिवलाई जल अर्पण गर्न हिँडेका श्रीमान–श्रीमतीको सवारी दुर्घटनामा ज्यान गएको हो । ​

मृत्यु हुनेमा यमुनामाई गाउँपालिका वडा नं. ४ सरूअठा निवासी अन्दाजी २४ वर्षीय दिपेन्द्र साह र उनकी २१ वर्षीया श्रीमती रहेका छन् । ​प्रहरीका अनुसार आइतबार बिहान करिब ५ बजेको समयमा बिआर ३० यु १३७१ नम्बरको हिरो स्पेन्डर प्लस मोटरसाइकलमा सवार दम्पती सरूअठा स्थित फलामे झाझपुल नजिकैको मोडमा दुर्घटनामा परेका थिए । तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकभन्दा केही तल रहेको गहुँ खेतमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको हो । ​

स्थानीय स्रोतका अनुसार आज महाशिवरात्रिको पावन अवसरमा भगवान शिवको दर्शन र जलाभिषेकका लागि उनीहरू बिहानै घरबाट निस्किएका थिए । ​बिहान स्थानीय बासिन्दाले खेतमा मोटरसाइकल र दुई जनाको शव एकै ठाउँमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलको प्रकृति हेर्दा मोड काट्ने क्रममा गति नियन्त्रण हुन नसकी दुर्घटना भएको अनुमान गरिएको हो । ​जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै मृतकहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लैजाने तयारी भइरहेको जनाएको छ ।

घटनाबारे थप कानुनी प्रक्रिया र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर