२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

साउदीको दम्माममा ५३२ जनालाई नवीकृत राहदानी वितरण

shivam cement
अन्जान गुभाजु
२०८२ फागुन ५ गते ०८:४६
Shares
साउदीको दम्माममा ५३२ जनालाई नवीकृत राहदानी वितरण

दम्माम : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको सहकार्य तथा एम्बेस्सी अफ नेपाल, रियादको आयोजनामा साउदी अरबको पूर्वी प्रान्त दम्माममा नवीकरण भएर आएका राहदानी वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

साउदी अरबको प्रमुख औद्योगिक क्षेत्र मानिने पूर्वी प्रान्त दम्माममा १३ फेब्रुअरी २०२६ का दिन आयोजित उक्त राहदानी वितरण शिविरमार्फत ५३२ जना नेपाली सेवाग्राहीलाई नवीकृत राहदानी वितरण गरिएको हो ।

राजधानी रियाद पुग्न समय, खर्च र दूरीका कारण कठिनाइ भोगिरहेका नेपाली श्रमिक तथा समुदायका लागि यो शिविर अत्यन्तै उपयोगी र राहतपूर्ण सावित भएको सेवाग्राहीहरूले बताएका छन् ।

नवीकृत राहदानी वितरण शिविर दम्मामस्थित टाइम्स ट्राभलमा आयोजना गरिएको थियो । कार्यक्रम सञ्चालनका क्रममा नेपाली राजदूतावास, रियादबाट खटिएको टोली तथा पूर्वी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। शिविरको व्यवस्थापन तथा स्वयंसेवक परिचालनका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले विभिन्न सामाजिक तथा राजनीतिक भ्रातृ संघ–संस्थाहरूसँग समन्वय गरेको थियो ।

कार्यक्रममा नेपाली समुदायसँग सम्बन्धित सामाजिक, सांस्कृतिक, राजनीतिक तथा खेलकुदसँग आबद्ध संघ–संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

शिविर सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण संघ–संस्था, स्वयंसेवक तथा सहयोगीहरूप्रति सेवाग्राहीहरूको तर्फबाट गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छb। 

ताजा खबर

सम्बन्धित खबर