२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

ADV
मध्यान्ह
२०८१ साउन १७ गते १२:२०
लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

काठमाडौं : लेबनानमा रहेका नेपालीलाई आवश्यक सचेतना तथा सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ । 

लेबनानसमेत हेर्ने इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको विकसित घटनाक्रमका कारण सतर्कता अपनाउन आग्रग गरेको हो ।

इजरायलले लेबननको राजधानी बेरूतमा हवाई आक्रमण गरी हिजबुल्लाह समूहका सर्वोच्च सैन्य कमाण्डर फुआद शुक्रको हत्या गरेपछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रहन दूतावासले आग्रह गरेको हो ।

दूतावासले सहायताका लागि नेपाली दूतावास कायरो र बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनका निम्ति दूतावासको वेबसाइटमा रहेको लिंकमार्फत आवश्यक विवरण उपलब्ध गराइदिन पनि आग्रह गरिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise