अजय मिश्र/मध्यान्ह
कृष्णनगर, ११ जेठ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ८ मा स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत लौहरौला स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिको उद्घाटन गरिएको छ । कृष्णनगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रजत प्रताप शाहले एक कार्यक्रमकाबीच कार्यक्रमको उद्घाटन गरेका हुन् ।
स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यन्वयन समिति संयोजक जाकिर हुसेनको अध्यक्षतामा भएको कार्यक्रममा कृष्णनगर नगरपालिका वडा नं ८ वडाध्यक्ष नूर मोहम्मद खा विशिष्ट अतिथि थिए ।
कार्यक्रममा वडा सदस्य सुनिल चौधरी, कृषि ज्ञान केन्द्र बाली संरक्षण अधिकृत सत्यराम हरिजन, कृषि ज्ञान केन्द्रका रबिन्द्र नाथ चौबे, अतिथिमा कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख सुदिप कुमार मौर्य र कृषि अधिकृत प्रविना अचार्य लगायतको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख शाहले स्मार्ट कृषि गाउँ नगरपालिकाभित्र रहनु आफैँमा सह्रानिय रहेको, उक्त गाउँमा कृषि आधुनिकीकरण अनुसार बालीको उब्जनी बढेको बताउँदै नगरपालिकाबाट कृषि क्षेत्रको विकासमा लागि सक्दो प्रयास गर्ने बताए ।
कार्यक्रममा सिँचाई स्मार्ट कार्यक्रम, जलवायु स्मार्ट कार्यक्रम, हाइब्रिड जातको धान बिउ खरिद, खाद्य पोषण स्मार्ट कार्यक्रम, प्रविधि स्मार्ट, बजार स्मार्ट लगायतको विषय लोहरौला स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यन्वयन समिति अन्तर्गत राखिएको जानकारी गराइएको थियो ।
कार्यक्रममा वक्ताहरूले आधुनिक प्रविधि, हाइब्रिड बिउ, उचित मलको प्रयोगले बालीनालीको उब्जनी बढेको बताएका थिए । कार्यक्रम संचालन कृषि ज्ञान केन्द्र तौलिहवाका योजना अधिकृत शिव पूजन गुप्ताले गरेका थिए । उपस्थित सबैमा धन्यवाद दिँदै कार्यक्रमका अध्यक्ष जाकिर हुसेनले कार्यक्रम समापन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies