२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नवलपरासीमा सीमा नाका बन्द, मदिरा बिक्री–सेवन निषेध

shivam cement
विनोद निगम
२०८२ फागुन १४ गते २२:१०
Shares
नवलपरासीमा सीमा नाका बन्द, मदिरा बिक्री–सेवन निषेध

नवलपरासी : पश्चिम नवलपरासीमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका सबै सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार फागुन १८ गते राति १२ बजेबाट फागुन २१ गते राति १२ बजेसम्म जिल्लाका सबै सीमा नाकाबाट आवागमनमा रोक लगाइनेछ । त्यसैगरी निर्वाचन अवधिभर जिल्लाभर मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सार्वजनिक स्थलमा सेवन पूर्णरूपमा निषेध गरिएको छ । प्रशासनले फागुन १४ गते राति १२ बजेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्म मदिरा कारोबार र सेवनमा प्रतिबन्ध रहने जनाएको छ । 

प्रशासनले जारी सूचनाको उल्लंघन गरेमा कानून बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै, निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सुरक्षा निकायले अनुगमन गर्ने जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन आवश्यक सुरक्षा तथा व्यवस्थापनका सबै तयारी पूरा भएको जानकारी दिए । उनले होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग गर्न अपिल गरेका छन् । 

सम्बन्धित खबर