२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

निर्वाचन बिथोल्न नक्कली बम र आगजनी, हाई अलर्टमा सुरक्षा निकाय

shivam cement
सपना बोहरा
२०८२ फागुन २० गते ०६:२५
Shares
निर्वाचन बिथोल्न नक्कली बम र आगजनी, हाई अलर्टमा सुरक्षा निकाय

काठमाडौं : काठमाडौंको नैकाप र सुकेधारामा दुई वटा गाडीमा सोमबार आगजनी गरियो । सुकेधारामा बा ७ च १४०१ नम्बर र नैकापमा बीएए २८३६ नम्बरको भ्यानमा गरिएको आगजनीमा निर्वाचन बिथोल्ने अभियानमा लागेका दुर्गा प्रसाई समूहको संलग्नता रहेको प्रहरीको प्रारम्भीक अनुमान छ । आगजनीस्थलमा सो समूहको पर्चासमेत भेटिएको थियो । आगजनीमा संलग्नताको आरोपमा प्रहरीले सुर्खेतका २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ का ५५ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । 

मधेश प्रदेशको धनुषा मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गको बडहरी पुलमा पनि शंकास्पद वस्तु पड्कियो । पुलबाट हिड्ने क्रममा हिँड्ने क्रममा खुट्टाले लाग्दा भएको बिष्फोटमा  दुई जना बालबालिका घाईते भएका छन् । सो घटनामा मिथिला–८ जमुनिवासका टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेलको दुबै खुट्टामा चोट लागेको छ भने मामा घरमा बस्दैआएका ८ वर्षीय सुशील माझी घाइते छन् ।   

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी गणेशबहादुर बमले प्रारम्भिक अनुसन्धानका क्रममा पड्किएको वस्तु पट्का जस्तो देखिएको बताउँछन् । ‘पटकाजस्तो देखिने बस्तु पुलमाथि किन राखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ उनले भने ,‘तर्साउनलाई राखिएको सामान्य वस्तु हो ।’ 

रौतहटको राजपुर नगरपालिका–३ को सडकछेउमा शंकास्पद वस्तु फेला पर्‍यो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले सडकछेऊ भेटिएको शंकास्पद वस्तुबारे छानबिन भइरहेको र नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको जनाए । पोखरा पनि त्यस्तै शंकास्पद बस्तुले केहीबेर तनावमा पर्‍यो । सेनाको टोलीले डिस्पोज गर्दा बिष्फोटक बस्तु भेटिएन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन एक एकदिन बाँकी छँदा बिथोल्न चाहने समूहहरुले यस्ता अनेक हर्कत गरिरहेका छन् । मतदातालाई तर्साउने, निर्वाचन विथोल्ने खालका घटनाहरु फाटफुट रुपमा भइरहेको प्रहरीले जनाएको छ । निर्वाचनमा विथोल्ने र भ्रामक प्रचारप्रसार गरेकोभन्दै विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई प्रहरीको नियन्त्रण छन् । उनले निर्वाचन भाँड्ने अभिव्यक्ति दिदैँ आएका थिए । 

निर्वाचनको लागि कडा सुरक्षा व्यवस्था गरिएकाले ढुक्कका साथ मतदान गर्न मतदातालाई गृहमन्त्रालयले अनुरोध गरेको छ । गृहमन्त्रालयका सहसचिव एंव प्रवक्ता आनन्द काफ्लेले नक्कली बम राख्ने तर्साउने निर्वाचनबिरोधी भएको बताउँछन् । ‘केही व्यक्तिहरु चुनाव भाँड्नका लागि नक्कली बम राख्ने, निर्वाचन सम्बन्धी नकारात्मक प्रभाव पार्ने गतिविधि गरेका छन्,’ उनले भने, ‘यस्ता गतिविधिले निर्वाचनलाई केही असर गर्दैन् । हामीले तत्कालै पक्राउ गरेर कार्बाही गरिसकेका छौं ।’

निर्वाचन आचारसंहिता लागु भएपछि  १ सय ४२ जना बिरोधीहरुलाई कार्बाही गरिसकेको उनले बताए । निर्वाचन सुरक्षामा गृह मन्त्रालय सचेत रहेको र हाई अलर्टमा रहेको हुँदा ढुक्क भएर मतदान गर्ने बातावरण सिर्जना गरेको उनले बताए । ‘सुरक्षाकर्मीसहित मतदान अधिकृत, मतपत्रहरु मतदान स्थलमा पुगिसकेको छन्,’ उनले भने, ‘एकीकृत सुरक्षा प्रणालीअन्र्तगत सुरक्षा व्यवस्था गरिएको छ ।’

सोही अनुसार सुरक्षा गस्ती, सुरक्षाकर्मी परिचालन भईरहेको काफ्लेले बताए ।

जिल्लाहरुमासेना, सशस्त्र तथा नेपाल प्रहरीले निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षा र भयरहित वातावरण बनाउन संयुक्त गस्ती गरिरहेको नेपाल प्रहरीले जनाएको छ । निर्वाचनलाई प्रभाव पार्ने गरी विभिन्न सामाजिक सञ्जालहरूमा भिडियो अपलोड तथा सेयर गरी झुट्टा अफबाह फैलाउने ३२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । 

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले  निर्वाचनलाई विथोल्नको लागि अराजक तत्वहरुले नागरिकहरुको मनोबैज्ञानिक त्रास उत्पन्न गरेको बताउँछन् । ‘निर्वाचनसम्वन्धी अपवाह फैलाउँने, शंकास्पद वस्तु राख्ने काम दुर्गा प्रसाई र केही अराजक व्यक्तिहरुबाट भईरहेको छ,’ उनले भने, ‘जसले प्रहरीको सुरक्षालाई चुनौति दिएको छ, त्यस्ता अराजकता गर्ने व्यक्तिलाई हामीले कानुनी कार्बाहीको दायरा लिएका छौ ।’

निर्वाचन भाडने अराजक  तत्वलाई प्रहरीले गम्भिर रुपमा लिएर निगरानी बढाएको उनले बताए । निर्वाचन हुनुअघि, निर्वाचनको बेला र निर्वाचनपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता अपनाउन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएको उनले बताए । 

सम्बन्धित खबर