काठमाडौंः ‘मायालु आभाष’ बोलको गीत सार्वजनिक गरिएको छ । युट्युव मार्फत सार्वजनिक भएको गीतको म्यूजिक भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री पुजा शर्माको अभिनय रहेको छ ।
प्रताप दास र अनु ढकालको स्वर रहेको गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । अष्ट्रेलिया र नेपालमा सक्रिय ‘नेपमेलो’ले तयार पारेको भिडियोमा निर्देशक कार्कीले केहि फरक शैलीमा कथा भन्ने प्रयास गरेका छन् ।
रबि मल्लको शब्द तथा संगीत तयार बनेको गीतलाई हरि हुमागाईंले छायांकन गरेका हुन् । भिडियोका सम्पादक बिकाश दाहाल हुन् भने कला निर्देशक मनिषा पोखरेल हुन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies