२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

रौतहटमा प्रहरीको सक्रियता : भन्सार छलीका खाद्यान्न र १५ वटा मोटरसाइकल नियन्त्रणमा

himalayanlife
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत ११ गते २१:५५
Shares
रौतहटमा प्रहरीको सक्रियता : भन्सार छलीका खाद्यान्न र १५ वटा मोटरसाइकल नियन्त्रणमा

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका खाद्यान्न सामग्री र बिल–भरपाई नभएका १५ वटा मोटरसाइकल नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ ।

प्रहरीले चलाएको विशेष अप्रेसन र नियमित चेकिङका क्रममा झन्डै १२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो । 

बसपार्क क्षेत्रबाट खाद्यान्न बरामद

विभिन्न समयमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले गौर नगरपालिका वडा नं.४ स्थित बसपार्क चोकमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको खाद्यान्न बरामद गरेको थियो ।

उक्त सामग्रीहरूको बजार मूल्य करिब ७ हजार २ सय ३० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका विभिन्न प्रहरी इकाइहरूबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद रूपमा गुडिरहेका र पार्किङ गरिएका १५ वटा मोटरसाइकलहरू नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ती मोटरसाइकलहरूको कुनै पनि वैधानिक कागजपत्र फेला परेको छैन । उक्त मोटरसाइकलहरूको कुल मूल्यांकन ११ लाख ७० हजार रुपैयाँ गरिएको छ ।

प्रहरीले बरामद गरेको खाद्यान्न र मोटरसाइकल गरी जम्मा ११ लाख ७७ हजार २ सय ३० रुपैयाँ एघार लाख सतहत्तर हजार दुई सय तीस बराबरको अवैध धनमाललाई थप अनुसन्धान र कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाएको छ ।

सीमा क्षेत्रबाट हुने अवैध तस्करी र राजस्व चुहावट रोक्न प्रहरीले सक्रियता बढाएको छ । अवैध रूपमा भित्रिएका सामान र सवारी साधनमाथि हाम्रो कडा निगरानी जारी रहने जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिष्णु प्रदीप बस्यालले जनाए ।

सम्बन्धित खबर