२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

गौरमा ४८औं नेत्रज्योति दिवस भव्यताका साथ मनाइयो, प्रभात फेरीमार्फत जनचेतना

himalayanlife
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत १३ गते ०९:३५
Shares
गौरमा ४८औं नेत्रज्योति दिवस भव्यताका साथ मनाइयो, प्रभात फेरीमार्फत जनचेतना

रौतहट : ​नेपाल नेत्रज्योति संघको ४८ औँ स्थापना दिवसको अवसरमा रौतहटको गौरमा शुक्रबार बिहान भव्य प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ । 'हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी: आँखा सेवामा साझेदारी' भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा आँखा स्वास्थ्यको महत्त्व र नागरिकको पहुँचका विषयमा जनचेतना फैलाइएको थियो ।

नेपाल नेत्रज्योति संघ शाखा कार्यालय रौतहट र गौर आँखा अस्पतालको संयुक्त आयोजनामा निकालिएको प्रभात फेरी गौरको घन्टाघरदेखि भन्सारसम्म परिक्रमा गर्दै राईसमिल परिसरमा पुगेर समापन भएको थियो । प्रभात फेरीमा नेत्रज्योति संघका सभापति बिजय कुमार सिंह, सचिव बच्चा प्रसाद यादव, कोषाध्यक्ष शिवमंगल साह, प्रसाशन प्रमुख नागेश्वर प्रसाद चौधरी, सत्येन्द्र पाण्डेय,समाजसेवी मनोज यादव, रामअयोध्या राय यादव, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, संचारकर्मीहरु र स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले आँखाको सुरक्षा गरौँ नियमित आँखा जाँच गराऔँ जस्ता सचेतनामूलक प्लेकार्डहरू बोकेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक सभापति सिंहले संस्थाका प्रतिनिधिहरूले आँखा सेवालाई प्रत्येक नागरिकको पहुँचसम्म पुर्‍याउन सरकारी निजी र सामुदायिक क्षेत्रको साझेदारी अपरिहार्य रहेको बताए । गौर आँखा अस्पतालले विगत लामो समयदेखि रौतहट र आसपासका जिल्लाका साथै छिमेकी मुलुक भारतका बिरामीहरूलाई समेत गुणस्तरीय सेवा प्रदान गर्दै आएको स्मरण गरियो ।

वि.सं. २०३५ साल चैत १३ गते स्थापना भएको नेपाल नेत्रज्योति संघले शुक्रबार देशैभर २८ वटा आँखा अस्पताल र सयौँ उपचार केन्द्रहरूमार्फत सेवा दिइरहेको छ । रौतहट शाखाले पनि यस अवसरमा निःशुल्क आँखा शिविर र विद्यालयस्तरमा दृष्टि परीक्षण जस्ता कार्यक्रमहरू वर्षभरि नै सञ्चालन गर्ने प्रतिबद्धता जनाए । ​मुख्य सन्देश: आँखा अमूल्य छ, यसको सुरक्षामा हामी सबैको साझेदारी आवश्यक छ ।

सम्बन्धित खबर