२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

परराष्ट्रमन्त्री खनालको पहिलो चासो खाडीका नेपाली

himalayanlife
२०८२ चैत १४ गते ०६:३०
Shares
परराष्ट्रमन्त्री खनालको पहिलो चासो खाडीका नेपाली

काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो पहिलो सरोकार खाडी मुलुकमा कार्यरत नेपालीहरुप्रति देखाएका छन् । अमेरिका – इजरायल र ईरान युद्धले करिव एक महिनादेखि त्यहॉ रहेका नेपालीहरु सुरक्षा चिन्ताले तनावमा छन् ।

परराष्ट्र मन्त्री खनालले खाडी मुलुकमा कार्यरत  नेपालीलाई आवश्यकताअनुसार सोही देशमा सुरक्षित राख्ने बताएका छन् । शुक्रबार पदवहालीपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले कूटनीतिक पहलमार्फत परराष्ट्र मन्त्रालयले सक्रिय रूपमा काम गरिरहेको र अवस्था थप संवेदनशील बन्दै गएमा नेपाली नागरिकको सुरक्षाका लागि अन्य आवश्यक कदमहरू पनि चालिने बताए ।

उनले भने, ‘पश्चिम एसियामा रहेका नेपालीले आफूलाई असुरक्षित महसुस गरे भने पहिलो प्राथमिकता उनीहरूको सुरक्षाको प्रत्याभूति गरिन्छ,  त्यसपछि वैकल्पिक उपाय अपनाउन मन्त्रालय तयार रहेको छ ।’

उनले पश्चिम एसिया क्षेत्रमा देखिएको द्वन्द्वको अवस्थामा मन्त्रालयले पछिल्लो समयदेखि नै आवश्यक काम गरिरहेको र हालसम्म त्यहाँ रहेका ८० हजारभन्दा बढी नेपालीको तथ्यांक संकलन गरेको जानकारी दिए ।

मन्त्री खनालले मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने भन्दै कन्सुलर सेवालाई डिजिटल प्रविधिमार्फत सहज बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरे । सेवाग्राहीलाई सहज बनाउन डिजिटल प्रणालीमार्फत सेवा उपलब्ध गराउने लक्ष्य राखिएको र सरकारी कार्यालयमै उपस्थित नभई सेवा प्राप्त गर्न सकिने व्यवस्था विस्तार गरिने पनि उनले बताए ।

सम्बन्धित खबर