२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

कुवेतमा तमु समाजको रक्तदान

himalayanlife
राज मल्ल
२०८२ चैत १४ गते २०:०१
Shares
कुवेतमा तमु समाजको रक्तदान

कुवेत : मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र सम्भावित आपतकालीन अवस्थालाई मध्यनजर गर्दै कुवेतस्थित सेन्ट्रल ब्लड बैंकको विशेष अनुरोधमा तमु समाज कुवेतद्वारा आयोजित दशौं बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १२६ जनाले उत्साहपूर्वक रक्तदान गर्दै मानवीय सेवामा योगदान दिएका छन् ।

जाब्रीयास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजित कार्यक्रममा नेपालीसँगै भारतीय, फिलिपिन्स, बंगलादेशी र श्रीलंकाली नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । बहुराष्ट्रिय उपस्थितिले संकटको समयमा सहकार्य र एकताको सशक्त सन्देश दिएको आयोजकले जनाएको छ ।

No description available.

कार्यक्रम कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साथै एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र सर्वसाधारण नेपालीहरूको सहभागिता रहेको थियो ।

तमु समाज कुवेतकी अध्यक्ष रन्जना गुरुङले मध्यपूर्वको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै ब्लड बैंकको आग्रहअनुसार कार्यक्रम आयोजना गरिएको बताइन् । “रक्तदान जीवनदान हो भन्ने भावना अनुसार हामीले निरन्तर यो अभियान सञ्चालन गर्दै आएका छौं,” उनले भनिन् ।

No description available.

ब्लड बैंक तथा अस्पताल प्रशासनले तमु समाज कुवेतको पहलप्रति प्रशंसा व्यक्त गर्दै यस्तो सहयोगले आपतकालीन अवस्थामा जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेको छ । साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिएको छ ।

रक्तदाताहरूले रक्तदानले अरूको जीवन बचाउनुका साथै आफ्नै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । चिकित्सकहरूका अनुसार नियमित रक्तदानले नयाँ रक्तकोष निर्माणमा सहयोग पुर्‍याउनुका साथै रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्छ ।

No description available.

तमु समाज कुवेतको यो अभियानले रक्त अभाव पूर्ति मात्र नभई विभिन्न देशका नागरिकबीच सहकार्य, सद्भाव र मानवताको भावना बलियो बनाएको छ । कुवेतमा रहेका नेपाली समुदायले यसमार्फत फेरि एकपटक आफ्नो सामाजिक जिम्मेवारी र एकताको उदाहरण प्रस्तुत गरेका छन् ।

No description available.

No description available.

No description available.

ताजा खबर

सम्बन्धित खबर