२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

नेपाल तामाङ घेदुङ मलेसियाले यस वर्ष पनि सोनाम ल्होछार मनाउने

Nada
तिलोचन गौतम
२०८३ कार्तिक १७ गते १८:३६
Shares
नेपाल तामाङ घेदुङ मलेसियाले यस वर्ष पनि सोनाम ल्होछार मनाउने

क्वालालम्पुर, मलेसिया : नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाले विगतका वर्षहरूमा झैं यस वर्ष पनि तामाङ समुदायको महान् सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६३औं ल्हुग/घ्यू ल्हो (भेडा वर्ग) सोनाम ल्होछार भव्यताका साथ मनाउने भएको छ ।

मञ्जुश्री संवत् २८६३औं ल्हुग/घ्यू ल्हो सोनाम ल्होछारको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा यस वर्ष पनि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको साथमा विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ ।

तामाङ समुदायको मौलिक भाषा, कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमले मलेसियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रम आयोजना हुने स्थान तथा सहभागी कलाकारहरूको नाम भने हालसम्म तय हुन बाँकी रहेको छ । आवश्यक तयारी तथा छलफलपछि कार्यक्रमसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरिने नेपाल तामाङ घेदुङ मलेसियाका महासचिव सञ्जीव तामाङले जानकारी गराएका छन् ।

नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाले यस वर्ष पनि सम्पूर्ण नेपाली समुदायको साथ, सहयोग र सहभागितामा सोनाम ल्होछारलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

laxmi recruitement

सम्बन्धित खबर