२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बन्धक बनिरहेको सत्ता

ADV
२०८१ साउन २१ गते ०६:३५
बन्धक बनिरहेको सत्ता

बितेको चार महिनाभित्रै कतिपय प्रदेश सरकारको नेतृत्व दुईपटक परिवर्तन भयो । मन्त्रिपरिषद् त सबै प्रदेशमा पुनर्गठन भयो । तुलनात्मक स्थिर देखिएको मधेश प्रदेशमा पनि यसपटक मुख्यमन्त्री फेरियो । गत २१ फागुनमा संघीय सत्ता समीकरण फेरिदा मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा), नेपाल नेतृत्वको सरकार ढलेको थियो । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस छोडेर नेकपा एमालेसँग सहकार्य गर्ने निर्णय गर्दा मधेशको सरकार फेरिएको थियो । यसअघि संघीय सत्ता समीकरण जति फेरिए पनि उपेन्द्र यादवले मधेश सरकारको नेतृत्व जोगाउँदै आएका थिए । तर मधेश केन्द्रीत अर्को शक्ति जनमत पार्टीको समेत चलखेल हुँदा पहिलोपटक मधेश सरकारको नेतृत्वबाट जसपा नेपाल बाहिरिन पुग्यो ।

तर जनमत पार्टीका नेता सतिश सिंहले मुख्यमन्त्रीमा विश्वासको मत नलिदैसत्ता समीकरण फेरियो । धन्न सिंहकै नेतृत्व स्वीकार्न नयाँ सत्ता समीकरणका नेताहरु केपी शर्मा ओली र शेरबहादुर देउवा तयार भए । नत्र विश्वासको मत नलिइ सिंह नेतृत्वको सरकार ढल्ने थियो । तर उनको ढल्दा पनि नयाँ रेकर्ड चाहिँ हुने थिएन । प्रदेशहरुमा विश्वासको मत नपाउँदै सरकार ढल्नु सामान्य जस्तै भइसकेको छ । १० पुस २०७९ मा सुदूरपश्चिम प्रदेशको नेतृत्व लिएका एमाले नेता राजेन्द्र रावलको सरकार एक महिनामै ढलेको थियो । कोशीमा एमाले नेता हिक्मत कार्की र कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकार पालैपालो विश्वासको मत नपाउँदै एक महिनाभित्रै ढलेको छ । गण्डकीमा विश्वासको मत नपाएर एमाले नेता खगराज अधिकारीको सरकार ढलेको छ । 

तर विश्वासको मत नपाएर सरकार लगातार ढलिरहँदा प्रदेश मध्यावधिमा भने गएको छैन । कोशी, गण्डकी, सुदूरपश्चिम सहित सबै प्रदेश सरकार स्पष्ट बहुमत सहित बनिरहेको छ । भलै सत्ता समीकरण फेरिएकाले सबैतिर धमाधम नयाँ सरकार बन्ने र मन्त्रिपरिषद् पुनर्गठन हुने प्रक्रिया चलिरहेको छ । बागमतीमा कांग्रेस नेता बहादुरसिंह लामा, लुम्बिनीमा एमालेका चेतनारायण आचार्य र सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका छन् । शाह दोहोरिएर मुख्यमन्त्री बनेका हुन् । अर्थात् प्रदेश सभाको मुख्य काम नै सरकार बनाउने भइरहेको छ । तर नागरिकमा भने सरकारप्रति बितृष्णा बढेर गइरहेको छ । कांग्रेस र एमाले मिलेर बनेको गठबन्धनका निम्ति यो प्रवृत्ति मुख्य चुनौती हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise