२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

अभिभावकको विश्वास जित्दै पद्मोदय मावि

Nada
सपना बोहरा
२०८३ वैशाख ४ गते ०६:२०
Shares
अभिभावकको विश्वास जित्दै पद्मोदय मावि

काठमाडौं : २००४ सालमा दाङको घोराहीमा स्थापना भएको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय देशकै उत्कृष्ट विद्यालयको रूपमा परिचित छ । नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुने यस विद्यालयमा चार हजार ३६ विद्यार्थी अध्ययन गरिरहेका छन् । राम्रो सिकाइको वातावरण भएको भन्दै २०६२ सालमा पद्मोदयलाई नमुना सार्वजनिक विद्यालय घोषणा गरिएको थियो । २०५९ सालदेखि सिटिइभिटीका कार्यक्रमसमेत पढाइ हुँदै आएको छ । 

ncell

विद्यालयले अहिले आफूलाई बहुप्राविधिक विद्यालयको रूपमा स्थापित गरी पठनपाठन सञ्चालन गरिरहेको छ । विगतका एसईईको परीक्षामा उत्कृष्ट अंक ल्याएर शतप्रतिशत विद्यार्थी पास गराउन सफल विद्यालयमा भर्ना गर्न आउने विद्यार्थीको संख्या उत्तिकै छ । 

‘सुरुका दिनमा धेरै विद्यार्थी भर्ना हुन आउँदा थेग्न सक्ने संरचना थिएन,’ प्रअ लोकबहादुर बस्नेत भन्छन्, ‘पछिल्लो समय विद्यालयलाई थप व्यवस्थित बनाई सबैलाई समेट्ने प्रयास गरिएको छ ।’

प्रअ बस्नेतका अनुसार विद्यालयको क्षेत्र साढे आठ बिघा क्षेत्रफलमा फैलिएको छ । प्राथमिक, माध्यमिक र उच्च मावि तहका लागि बेग्लाबेग्लै भवन छन् । विशाल खेलमैदानको सुविधा भएको विद्यालयमा ११ र १२ कक्षाका छात्र र छात्राका लागि फरक फरक छात्रावास छन् । यसैगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)द्वारा सञ्चालित कार्यक्रमका लागि पनि छुट्टै भवनमार्फत अध्यापन गराइएको छ । 

प्रभावकारी पढाइ भएकाले नै अभिभावकहरूले आफ्ना सन्तान विश्वास गरेर पद्मोदयमा पढ्न पठाउने गरेको उनी बताउँछन् । विद्यालयमा तालिम प्राप्त शिक्षक, विषय विज्ञ शिक्षकहरू छन् । जसको कारण पठनशैली प्रभावकारी भएको उनले बताए । प्रशासन, भौतिक पूर्वाधार, विभिन्न विषयका प्रयोगशाला, पुस्तकालय र शैक्षिक सामग्री भएको विद्यालय देशकै नमुना विद्यालयअन्तर्गत पर्छ । प्राविधिक शिक्षा पठनपाठन गराउने उत्कृष्ट विद्यालयका रूपमा पद्मोदय पुरस्कृत भएको छ ।

सम्बन्धित खबर