
लिस्बन : नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईलाई पोर्चुगलमा सम्मान गरिएको छ ।
प्रवासमा रहेर नेपाली पत्रकारिताको विकास र प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै 'ब्रिलियन्टे हिमालय एशोसिएसन कल्चरल नेपाल–पोर्चुगल'ले राईलाई सम्मान गरेको हो । उनलाई नगद ५ सय १ युरो र कदर–पत्रसहित सम्मान गरिएको हो ।
लिस्बनस्थित नेपाली दूतावासको सभाहलमा आयोजित कार्यक्रममा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले राईलाई उक्त नगद र कदरपत्रले सम्मान गरे ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका राई विगत डेढ दशकदेखि युरोपेली मुलुक बेल्जियममा रहेर पत्रकारितामा क्रियाशील रहँदै आएका छन् ।