२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

बौधीमाईका शिक्षकलाई आँखा स्वास्थ्यसम्बन्धी विशेष तालिम प्रदान 

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख १० गते १८:४०
Shares
बौधीमाईका शिक्षकलाई आँखा स्वास्थ्यसम्बन्धी विशेष तालिम प्रदान 

रौतहट : ​जिल्लाको बौधीमाई नगरपालिकामा विद्यालय यस्तरबाटै विद्यार्थीहरूको आँखा सुरक्षा र जनचेतना अभिवृद्धिका लागि सामुदायिक विद्यालयका शिक्षकहरूलाई विशेष तालिम प्रदान गरिएको छ ।

ncell

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा नेपाल नेत्र ज्योति संघ अन्तर्गतको आँखा अस्पतालस्थित आई हेल्थ एजुकेसन युनिटद्वारा बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरिएको हो ।

बौधीमाई नगरपालिका वडा नं. ७ स्थित सभाहलमा आयोजित उक्त तालिम कार्यक्रममा नगरभित्रका विभिन्न सामुदायिक विद्यालयका ४१ जना शिक्षक तथा शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो ।

तालिममा समेटिएका मुख्य विषयवस्तु
​तालिमको मुख्य उद्देश्य शिक्षकहरूमार्फत विद्यालय र समुदायस्तरमा आँखा स्वास्थ्य सम्बन्धी सचेतना फैलाउनु रहेको थियो । प्रशिक्षकहरू बिनिता केशरी, सत्येन्द्र पाण्डे र आफताव आलमले आँखासँग सम्बन्धित विभिन्न प्राविधिक तथा व्यवहारिक पक्षमा प्रशिक्षण दिएका थिए ।

तालिममा विशेष गरी निम्न विषयहरूमा केन्द्रित भई जानकारी दिइएको थियो। मोतिबिन्दु, जलविन्दु, डेढो आँखा र दृष्टिदोषका लक्षण तथा पहिचान, आँखामा चोटपटक लाग्दा तत्काल गर्नुपर्ने, उपचार र औषधि सुरक्षित राख्ने सहि तरिका आधुनिक जीवनशैली र असर: मोबाइल, कम्प्युटर तथा डिजिटल उपकरणको बढ्दो प्रयोगले आँखामा पुर्‍याउने क्षति र त्यसबाट बच्ने उपाय, गर्मी मौसममा देखिने आँखाका संक्रमण र बेच्नेसावधानी,बालबालिकाहरूमा हुने दृष्टि कमजोरीलाई समयमै चिन्ने विधि र विद्यालयस्तरमा गरिने दृष्टि परीक्षणका व्यवहारिक अभ्यास, ​कार्यक्रममा विशेष उपस्थित भएका बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादवले आँखा स्वास्थ्यलाई नगरपालिकाको प्राथमिकतामा राखेको बताए । उनले नगरभित्रका सबै विद्यालयमा आँखा जाँच कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगर प्रमुख यादवले भन्ने , 'हामीले अब नयाँ भर्ना हुने विद्यार्थीहरूका लागि अनिवार्य आँखा परीक्षण प्रमाणपत्र लागू गर्ने विषयमा गम्भीरतापूर्वक छलफल अगाडि बढाएका छौँ । रौतहटमै नमूना नगरपालिकाको रूपमा हरेक नागरिकको पहुँचमा सहज आँखा स्वास्थ्य सेवा पुर्‍याउने हाम्रो लक्ष्य छ ।'

त्यसैगरी नगरका शिक्षक संयोजक राजेश कुमार यादवले पनि शिक्षकहरूलाई प्रदान गरिएको यो तालिमले विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने र विद्यार्थीको स्वास्थ्य सुधारमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

शिक्षकहरूको प्रतिक्रिया र आगामी योजना
​तालिममा सहभागी शिक्षकहरूले सिकेका कुराहरूले विद्यार्थीहरूको समयमै आँखा परीक्षण गर्न अभिभावकहरूमा सचेतना फैलाउन र विद्यालय व्यवस्थापनसँग समन्वय गरी सम्भावित आँखा रोगको जोखिम न्यूनीकरण गर्न ठूलो मद्दत पुग्ने बताएका छन् ।

​कार्यक्रमको समापनमा स्वस्थ आँखा उज्यालो भविष्य । हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी-आँखा सेवामा सबैको साझेदारी भन्ने मूल नाराका साथ समुदायमा आँखा स्वास्थ्यको अभियानलाई निरन्तरता दिने प्रण गरिएको थियो । यो तालिमले आगामी दिनमा जिल्लाकै आँखा स्वास्थ्यको अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
 

सम्बन्धित खबर