२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

सुकुम्वासी बस्तीमा डोजर चलिरह्यो, तारिमका आँखामा आँसु बर्सिरह्यो 

Nada
सपना बोहरा
२०८३ वैशाख १२ गते १४:१२
Shares
सुकुम्वासी बस्तीमा डोजर चलिरह्यो, तारिमका आँखामा आँसु बर्सिरह्यो 

काठमाडौँ : थापाथलीका सुकुम्वासी पाकचा तारिमले तीन दिनदेखि खाना खाएका छैनन् । सरकारले शुक्रबार बस्ती छाड्न माइकिङ गरेपछि उनको होस उड्यो । उनको जाने ठाँउ काँही नभएपछि त्यहि बस्तीमै रहिरहे । 

ncell

शनिवार प्रहरी डोजरसहित प्रवेश गर्‍यो । उनी झनै आत्तिए । प्रहरीले बिहानै उनको टहरामा पुगेर सामान सारिदिए । उनलाई पनि सुरक्षित स्थानमा सारिदिए । उनका आँखामा आँसु थामिएनन् । डोजरले टहरा पल भरमै भत्काइदियो । उनले देख्न सकेनन् । डाँको छाडेर रोए । 

त्यो एउटा टहरामात्रै थिएन । उनको जीवनभरिको पसिना, मेहनत र सपना थियो । बास र टिन जोडेर बनाएको टहरा क्षणभरमै भत्कियो । उनको आँखामा आँसु  बर्सियो । नागरिकता लिएर बस्तीमा छिरेका तारिम, अन्तत बीस वर्षपछि नागरिकता लिएर नै निस्किएका थिए । अशक्त शरीर । लत्ता, कपडा ओसार्न सक्ने अवस्थामा थिएनन् । त्यसैले उनले श्रमती र आफ्नो नागरिकता गोजीमा राखेर निस्किएका थिए । जानै काहीँ विकल्प नभएपछि उनी भन्छन्, ‘सरकारले जहाँ लग्छ, त्यही जान तयार छु ।’ यो वाक्य बोलिरहँदा पनि उनको आँखामा आँसु बर्सिरहेको थियो । 

मनले बस्ती छाडन् मानिरहेको थिएन । तर उनको बाध्यता थियो । ‘ज्यामी काम गर्दा खुटटा भाँचिएर पाँच वर्ष भयो काम छाडेको,’ उनी आँखभरी आँसु झार्दै भन्दै थिए, ‘सरकार यो अवस्थामा थप दुःख सहन सक्ने अवस्थामा छैन ।’

सम्बन्धित खबर