२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

भारतको पश्चिम बंगालमा भाजपाको उदय : रौतहटको गौरमा खुसीयाली र मिठाइ वितरण

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख २२ गते १४:००
Shares
भारतको पश्चिम बंगालमा भाजपाको उदय : रौतहटको गौरमा खुसीयाली र मिठाइ वितरण

रौतहट : छिमेकी मुलुक भारतको पश्चिम बंगाल राज्यको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले ऐतिहासिक जित हासिल गरेसँगै नेपालको सीमावर्ती क्षेत्र रौतहटमा पनि यसको व्यापक चर्चा र खुसीयाली छाएको छ ।

ncell

विगत १५ वर्षदेखि एकछत्र राज गर्दै आएकी तृणमूल कांग्रेसकी नेत्री ममता बनर्जीको शासन सत्ता ढलेको र भाजपाको उदय भएको भन्दै रौतहटका हिन्दुवादी नेताहरूले उत्सव मनाएका हुन् । सीमावर्ती क्षेत्र भएकाले भारतीय राजनीतिक घटनाक्रमप्रति यहाँ चासो देखिँदै आएको छ ।

मंगलबार बिहान गौर नगरपालिका–४ स्थित बसपार्क क्षेत्रमा हिन्दु सम्राट सेना रौतहटका अध्यक्ष मनोज यादवको नेतृत्वमा आयोजित कार्यक्रममा कार्यकर्ता र स्थानीयवासीहरू भेला भएर एक–अर्कालाई मिठाइ खुवाउँदै खुसी साटासाट गरेका थिए ।

अध्यक्ष यादवले पश्चिम बंगालको पछिल्लो राजनीतिक परिवर्तनलाई महत्वपूर्ण रूपमा व्याख्या गर्दै यसले क्षेत्रीय स्तरमा नयाँ सन्देश दिएको बताए । उनले परिवर्तनले सांस्कृतिक र सामाजिक मूल्यको संरक्षणतर्फ सकारात्मक संकेत गर्ने विश्वास व्यक्त गरे ।

स्थानीय सहभागीहरूले पनि उक्त परिणामलाई विशेष राजनीतिक उपलब्धिका रूपमा लिँदै उत्साह प्रकट गरेका थिए । कार्यक्रममा सहभागीहरूले नाराबाजीसमेत गरेका थिए भने केही समय गौर बजार क्षेत्रमा परिक्रमा गरिएको थियो ।

सीमावर्ती जिल्लाहरूमा भारतको राजनीतिक घटनाक्रमको प्रभाव देखिने भएकाले पश्चिम बंगालको पछिल्लो परिणामले आगामी दिनमा नेपाल–भारत सम्बन्ध र सीमा व्यवस्थापनका विषयमा पनि केही असर पार्न सक्ने अपेक्षा स्थानीयस्तरमा गरिएको छ ।

उक्त कार्यक्रममा हिन्दु सम्राट सेनाका पदाधिकारी, समर्थक तथा स्थानीय व्यापारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर