२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

दिनेशको निर्देशन रहेको ‘घुम्न जाउँ धरान शहर’ सार्वजनिक

ADV
मध्यान्ह
२०८१ साउन २३ गते २१:०३
दिनेशको निर्देशन रहेको ‘घुम्न जाउँ धरान शहर’ सार्वजनिक

काठमाडौं : चर्चित म्युजिक भिडियो निर्देशक दिनेश माङ्गमुद्वारा निर्देशित ‘घुम्न जाउँ धरान शहर’ बोलको गीत सार्वजनिक भएको छ । माया इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट प्रसारण भएको उक्त भिडियो ६ मिनेट सात सेकेण्ड लामो रहेको छ भने माया तामाङको प्रस्तुति रहेको छ ।

राजह्याङ्ग आङ्गबोको शब्द रहेको गीतमा दिप्सन लिम्बूको संगीत र स्वर रहेको छ भने स्वरमा लिम्बूलाई मेलिना मैनालीले साथ दिएकी छन् । दिनेश पराजुलीको छायाँकन रहेको यस गीतको एरेञ्ज विश्व अधिकारीले गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका हुन् । पोष्ट प्रोडक्सनको काम भने निर्देशकको आफ्नै पोस्ट प्रोडक्सन माङ्गमु फिल्मसले गरेको छ ।

यस भिडियोबाट तामाङ जातिको भाषा, भेषभूषा र संस्कृति देखाउन खोजिएको छ । प्रेम कथामा आधरित म्युजिक भिडियोमा नग्मा श्रेष्ठ, यम लिम्बू र प्रकाश लिम्बू फिचर्ड छन् । भिडियोमा बाबु–आमाको इच्छा विपरीत प्रेमिका आफ्नो प्रेमीसँग भाग्छिन् र भाग्दा भाग्दै यसको इन्डिङ सस्पेन्स रहेको छ । जुन सस्पेन्स थाहा पाउनका लागि भिडियो नै हेर्नुपर्ने हुन्छ ।

गीतको मर्मअनुसार कथा निर्माण र कथालाई जीवित बनाउने निर्देशकका रुपमा परिचित निर्देशक माङ्गमुले यस भिडियोलाई पनि कलात्मकरुपमा प्रस्तुत गरेका छन् । निर्देशक माङ्गमले तीन दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरेर आफूलाई अब्बल दर्जाको म्युजिक भिडयो निर्देशकका रुपमा स्थापित गरिसकेका छन् ।


ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise