
साउदी अरब : साउदी अरबको आभा खमिसमा क्रियाशील हिमालयन नेपाली रेस्टुरेण्ट र हातेमालो प्रवासी नेपाली समूहले सञ्चार क्षेत्रमा सक्रिय मध्यान्ह राष्ट्रिय दैनिकलाई प्रशंसा तथा सम्मान पत्रबाट सम्मानित गरेका छन् ।
'नेपाली समुदायको एकता, नेपाली कला संस्कार र संस्कृतिको प्रवर्धनका लागि' भन्ने मूल नाराका साथ आयोजना गरिएको 'बृहत् सांस्कृतिक कार्यक्रम २०८३' लाई भव्य रूपमा सफल बनाउन सञ्चारमाध्यमको तर्फबाट पुर्याएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको हो ।
सम्मान पत्रमा मध्यान्ह दैनिकले हरेक सेवा भावका क्रियाकलापमा पुर्याएको योगदानको चर्चा गर्दै संस्थाको उच्च मूल्यांकन गरिएको छ । उक्त सम्मान पत्रमा हिमालयन नेपाली रेस्टुरेन्टका सञ्चालक हरिप्रसाद विष्ट र सह-आयोजक संस्था हातेमालो प्रवासी नेपाली समूहका अध्यक्ष आशिष गैरेको हस्ताक्षर रहेको छ ।
प्रवासमा रहेर पनि आफ्नो भाषा, कला र संस्कृति जोगाउने अभियानमा सञ्चार माध्यमहरूले निर्वाह गरेको भूमिकालाई आयोजक टोलीले विशेष महत्त्वका साथ हेरेका छन् ।