२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘नेपालको राजनीतिमा महिलाको ठूलो योगदान’

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन २४ गते २१:२३
‘नेपालको राजनीतिमा महिलाको ठूलो योगदान’

अर्घाखाँची : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको ७७औं स्थापना दिवसको अवसरमा अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।  
दैनिक चुलोचौकामा सीमित महिलालाई नेपाली राजनीतिमा स्थापित गर्नका लागि महिलानेत्री  मंगलादेवी सिंहको सक्रियतामा २००४ साउन २४ गते नेपाल महिला संघको स्थापना भएको थियोे । सिंहको सक्रियतामा काठमाडौंको भेडासिंस्थित चिनियाँलाल श्रेष्ठको घरमा भूमिगतरूपमा महिला भेला भएको थियो । सो भेलाले मंगलादेवी सिंहका अध्यक्षतामा संघको पहिलो ११ सदस्यीय तदर्थ कार्यसमिति गठन भएको थियो । नेपाली कांग्रेस स्थापना भएकै बेला  संघको स्थापना भएको महिलानेत्री बताउँछन् ।

महिला अधिकारका लागि स्थापना भएको राजनीतिक संगठनले  साउन २४ लाई नै नेपाली राजनीतिमा महिलाहरूको प्रवेशका लागि कोशेढुंगाका रूपमा लिने गरिएको नेताहरु बताउँछन् । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल मुस्कानले राजनीतिमा महिलाको ठूलो योगदान रहेको बताउँदै लोकतन्त्र स्थापनामा नेपाली महिलाको महत्वपूर्ण भूमिका रहेको बताए । 

सन्धिखर्कमा भएको कार्यक्रममा बोल्दै सहमहामन्त्री मुस्कानले नेपाली महिलाले नेपाली राजनीतिमा गरेको योगदानको आधारमा आगामी निर्वाचनमा महिला पुरुषलाई समान ढंगले प्रत्यक्ष निर्वाचनमा सहभागी गराउनुपर्नेमा जोड दिए ।

घरभित्रको काममा सीमित महिला २००४  मा संगठित भएसँगै वि.सं २००७, २०३६, २०४६ र २०६२÷६३ मा भएको राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरकेले नेपाल महिला संघ अब्बल संस्था भएको वक्ताहरुले बताएका थिए । 

कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व पार्टी सभापति कमल प्रसाद भुसालले देशको कुल जनसंख्याको आधा जनसंख्या भएको महिलालाई हरेक क्षेत्रमा बराबर अधिकार स्थापित गर्नका लागि आगामी दिनमा महिला संघ लाग्नुपर्ने बताए  । 

कार्यक्रम नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा महिला विभाग प्रमुख शान्ता भण्डारीले महिलाले निर्वाचनमा जुन हिसाबले टिकट पाउनुपर्ने र सरकारमा जानुपर्ने  हो, त्यो पाउन नसकेको गुनासो गरिन् । 

‘देशको कुल जनसंख्याको आधाभन्दा बढी जनसंख्या रहेको महिलालाई जनसंख्याको अनुपातमा टिकट दिँदा पुरुष पनि समानुपातिकमा जाने मौका पाउन सक्छन्, यो पुरुष र महिला दुवैका लागि राम्रो कुरा हो’ भण्डारीले भनिन् । राजनीतिक दलले महिलालाई प्रत्यक्षमा निर्वाचन लड्ने मौका दिनुपर्ने भण्डारीको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति बिष्णु प्रसाद भुसालले  महिला आन्दोलनका कारण पछिल्लो समय महिलाहरू राजनीति र देशका अन्य तहमा पुगेको बताए । ‘महिला आन्दोलनको उपलब्धि जुन हिसाबले अगाडि बढ्नुपर्ने हो, त्यो बढ्न नसक्नु दुःखको कुरा हो, तर संविधानमा ३३ प्रतिशत महिला अधिकार सुनिश्चित गरेको छ, त्यो महिला आन्दोलनका कारण भएको हो’ भुसालले भने ।

कार्यक्रममा जिल्ला उपसभापति बाबुराम पौडेलले अहिले प्राप्त महिला अधिकारको रक्षा गर्दै आगामी दिनमा अगाडि बढ्न महिला नेताहरूलाई आग्रह गरे  । कार्यक्रममा जिल्ला सचिव कृष्णप्रसाद खनालले  महिला आन्दोलनकै कारण देशको कार्यकारी पदमा महिला पुगेको बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष बिष्णु क्षेत्री, नेता छविलाल पौडेल, नेपाली कांग्रेसका जिल्ला सदस्य लिलाराम गौतम, लिलाधर बस्याल, हरि प्रसाद दमासे, यमराज पाण्डे, मिना बस्याल, रेमकला खत्री, महाधिवेशन प्रतिनिधि चन्द्रा गैरे, नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व सचिव लोकेन्द्र वि.क, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि लक्ष्मी श्रेष्ठ, महाधिवेशन प्रतिनिधि पिताम्बर खनाल, नेपाली कांग्रेस प्रदेश सभा ‘ख’ का सभापति हेमन्त बेल्वासे, नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका सभापति बाबुराम भुसाल लगायतले मन्तव्य राखेका थिए । 

महिला संघका नेता छमा कार्कीको सभापतित्व भएको कार्यक्रममा इन्द्रकला गैरेले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम सञ्चालन महिला नेतृ लक्ष्मी पौडेलले गरेकी थिइन् । 

ADVADV

सम्बन्धित खबर

Advertise