२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?

Nada
२०८३ जेठ २४ गते १२:४९
Shares
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?

काठमाडौँ : भारतमा खाना पकाउने ग्यासको मूल्य फेरि बढाइएको छ । शनिबार रातिदेखि लागू हुने गरी घरेलु प्रयोजनका एलपीजी सिलिन्डरको मूल्यमा २९ भारतीय रुपैयाँले वृद्धि गरिएको हो ।

ncell

नयाँ समायोजनपछि राजधानी दिल्लीमा १४.२ किलोग्राम क्षमताको घरेलु ग्यास सिलिन्डरको मूल्य आइतबारदेखि ९४२ भारतीय रुपैयाँ पुगेको छ । पछिल्ला तीन महिनाको अवधिमा घरेलु एलपीजीको मूल्य बढाइएको यो दोस्रो अवसर हो। यसअघि गत मार्च ७ मा पनि प्रतिलिन्डर ६० भारतीय रुपैयाँले मूल्य वृद्धि गरिएको थियो ।

घरेलु उपभोगका ग्यासमा मात्र नभई व्यावसायिक प्रयोजनमा प्रयोग हुने एलपीजी सिलिन्डरको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ । जुन १ देखि लागू हुने गरी १९ किलोग्राम क्षमताको व्यावसायिक सिलिन्डरमा ४२ भारतीय रुपैयाँ थपिएपछि यसको मूल्य ३ हजार १ सय १३ भारतीय रुपैयाँ पुगेको छ । बीबीसीका अनुसार मे महिनामा मात्रै यस्ता व्यावसायिक सिलिन्डरको मूल्यमा करिब १ हजार भारतीय रुपैयाँसम्म वृद्धि भएको थियो।

यता, पेट्रोलियम पदार्थको मूल्य पनि लगातार समायोजन भइरहेको छ। मे महिनाभित्रै पेट्रोल र डिजेलको मूल्य चार पटकसम्म बढाइएको थियो । मे १५ देखि २५ सम्मको अवधिमा यी दुवै इन्धनको खुद्रा मूल्य प्रतिलिटर ७ देखि ७.५ भारतीय रुपैयाँसम्मले वृद्धि भएको जनाइएको छ ।

सम्बन्धित खबर