२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अलीबाबा, बीवाईडी र बाइडु अमेरिकी रक्षा मन्त्रालयको अद्यावधिक सूचीमा

Nada
२०८३ जेठ २६ गते १३:१९
Shares
अलीबाबा, बीवाईडी र बाइडु अमेरिकी रक्षा मन्त्रालयको अद्यावधिक सूचीमा

काठमाडौँ : अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले चीनको सैन्य संरचनासँग सम्बन्ध रहेको दाबी गर्दै चिनियाँ कम्पनी अलीबाबा, बीवाईडी र बाइडुलाई आफ्नो अद्यावधिक ‘चिनियाँ सैन्य कम्पनी’ सूचीमा समावेश गरेको छ ।

ncell

सोमबार सार्वजनिक गरिएको नयाँ सूचीमा यी तीन कम्पनीलाई चीनको सेनालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने संस्थाका रूपमा उल्लेख गरिएको छ ।

चीनको सबैभन्दा ठुलो ई-कमर्स कम्पनी अलीबाबाले भने उक्त निर्णयप्रति असहमति जनाउँदै आफूलाई सूचीमा राख्ने कुनै आधार नभएको प्रतिक्रिया दिएको छ । कम्पनीले आफू चिनियाँ सैन्य कम्पनी नभएको र सैन्य–नागरिक एकीकरण रणनीतिसँग पनि आबद्ध नरहेको दाबी गर्दै आवश्यक कानुनी प्रक्रिया अपनाउने जनाएको छ ।

बीवाईडी र बाइडुले भने सूची सार्वजनिक हुँदासम्म यस विषयमा कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

पेन्टागनले प्रत्येक वर्ष अद्यावधिक गर्ने ‘चिनियाँ सैन्य कम्पनी’ सूचीमा यसपटक १८८ कम्पनी समावेश गरिएको छ। अघिल्लो वर्ष उक्त सूचीमा १३४ कम्पनी रहेका थिए ।

अमेरिकी रक्षा मन्त्रालयले चिनियाँ सैन्य कम्पनी भन्नाले चीनको सेनाको स्वामित्व वा नियन्त्रणमा रहेका अथवा चीनको सैन्य-नागरिक एकीकरण नीतिलाई सहयोग पुर्‍याउने संस्थालाई जनाउने गरेको छ । अद्यावधिक सूचीमा अलीबाबा, बीवाईडी र बाइडुले चीनको राज्य स्वामित्वको सम्पत्ति सुपरिवेक्षण तथा प्रशासन आयोग तथा उद्योग तथा सूचना प्रविधि मन्त्रालयसँगको सम्बन्धमार्फत सैन्य विकासमा योगदान पुर्‍याएको दाबी पनि गरिएको छ ।
 

सम्बन्धित खबर