२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

शिव परियारले कतारमा मच्चाए धमाका

Nada
तिलु शर्मा पौडेल
२०८१ साउन २५ गते १८:१५
Shares
शिव परियारले कतारमा मच्चाए धमाका

दोहा, कतार : विगत एक हप्तादेखि कतारमा रहेका भर्षटायल गायक तथा संगीतकार शिव परियारले बिहीबार साँझ सांगीतिक प्रस्तुति दिए । नज्मामा अवस्थित मंसुरा पार्क इन होटेलको ग्राउन्ड फ्लोरमा रहेको स्ट्रिट ट्वान्टी टु रेस्ट्रोबारमा उनले प्रस्तुति दिएका हुन् । 

ncell

नेपाली र विदेशी दर्शकले भरीभराउ क्लबको हलमा मध्यरातमा स्टेज चढेका परियारले आफ्ना हिट गीतहरू गाए । पिउँदिन भन्दा भन्दै पिलायो गाउँदा विदेशी नागरिकसमेत परियारसँगै झुमेका थिए । परियारले कार्यक्रममा प्रस्तुति दिइरहँदा क्लबको हलमा उनीसँगै गाउँदै नाच्नेको भिड थेग्न हम्मेहम्मे परेको थियो ।

सोनी खुसी र राज खड्काले मिलेर सञ्चालनमा ल्याएको क्लब दोहाको मुटुमै रहेको छ । क्लब प्रवेशमा सहजताका लागि कुनैपनि किसिमको शुल्क नलाग्ने, मेम्बरसिप कार्डको जरुरत पनि नपर्ने, तर क्लब प्रवेशका लागि २१ वर्ष कटेको, म्याद भएको कतारी आइडी कार्ड या पासपोर्ट भने आवश्यक पर्ने सञ्चालकले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर